• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बोर्डर विकास बहुउद्देश्यीय सहकारीको मुनाफा सार्वजनिक 

दल बहादुर सुनार, बढैयाताल (बर्दिया) । बोर्डर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टुकराज घिमिरेको अध्यक्षता तथा बढैयाताल गाउँ  पालिका ८ नम्बर वडाका अध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा सभा गरिएको हो । 

प्रमुख अतिथि पौडेलले उद्घाटन गर्नु भएको सभामा संस्थाका सचिव मोहनलाल रेग्मीले आ. ब. ०७९÷ ०८० वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष गोपिप्रसाद पराजुलीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको  छ । आर्थिक प्रतिबेदन अनुसार आब. ०७९÷०८० मा १ करोड ८९ लाख ८० हजार  ४ सय ५९ रुपैयाँको कारोबारबाट ३ लाख १८ हजार ७ सय ६६ रुपैया नाफा गरेको संस्थाले जनाएको छ । १ सय २१ जना महिला र १ सय २३ जना पुरुष गरि जम्मा २ सय ४४ जना सेयर सदस्य छन् । 

सहकारी संस्थामा शेयर पुजी २८ लाख ६५ हजार २ सय, बचतमा ९१ लाख  ९८ हजार  २ सय ३० रुपैयाँ रहेको जनाईएको छ । १ करोड ४१ लाख ६६ हजार ४ सय ९१ रुपैया ऋण लगानी रहेको संस्थाका ब्यबस्थापक पुष्पराज आचार्यले जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष लिला भुजेलले स्वागत गर्नु भएको सभामा बढैयाताल गाउँपालिकाका न्यायीक  समिका सदस्य दिल्ली प्रसाद गौतम, कालिका बचत तथा ऋण सहकारीका अध्यक्ष  मधुसूदन  पौडेल, दिपलगन सहकारीका अध्यक्ष पबित्रा अर्याल संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments