• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बर्दिया महोत्सव गुलरियाको तयारी अन्तिम चरणमा

बर्दिया । समृद्ध बर्दियाका प्रमुख आधार, कृषि पर्यटन उद्योग संस्कृति र पूर्वाधार भन्ने नारासहित बर्दियाको गुलरियामा आयोजित प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव ०८० को तयारी अन्तिम चरणमा पुगेको छ । पौष ६ गतेदेखि १६ गते सम्म बर्दियाको गुलरिया ६ अस्पताल रोड स्थित निलो आयल पेट्रोल पम्प आसपासमा हुन लागेको महोत्सवको तयारी ९५ प्रतिशत पुगेको छ ।


महोत्सवमा ९० वटा स्टलहरु निर्माण भएका छन् । जसमध्ये ६० वटा वुकिंग भैसकेको आयोजक उद्योग बाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा प्रवेशका लागि भीआईपी टिकट दर ६५०, सर्वसाधारण १००, विद्यार्थी ७० र विद्यालयको सिफारिशमा ५० प्रतिशत छुटको ब्यवस्था रहेको उहाँले प्रष्ट्याउनु भयो । महोत्सव अवलोकनका लागि उहाँले सबैलाई चुल्है निम्तो दिनु भएको छ । बर्दिया उद्योग बाणिज्य संघले राजापुरमा पनि ब्यापार महोत्सव गर्ने भएकाले त्यसको तयारी शुरु गरिएको राजापुरले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments