• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
स्रोत नखुलेको बरामदी सुनका गहनाको कथा  

यादव आचार्य, गुलरिया । प्रहरीले स्रोत नखुलेको सुनका गरगहनासहित २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, ईप्रका बगनाह र कर्तनियाघाट प्रहरी चौकीबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९, कर्तनिया स्थित चेकप्वाईन्टमा चेकजाँचका क्रममा हुण्डाई गाडी, सुनका गरगहनासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
    
प्रहरी चेकजाँचका क्रममा प्र–३–०१–०२३ ८१६८ नम्बरको हुण्डाई गाडीबाट ३ सय ४७ दशमलव ०७१० ग्राम सुनको गहना फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो । अवैंध सुनका गरगहनासँगै जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ राँझा बस्ने अन्दाजी बर्ष २९ का मोहन बि.क. र हुण्डाई गाडीका सवारी धनी बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ ठेगाना भई बाँकेको डुँडुवा गाउँपालिका वडा नम्बर ५ स्थित जब्दहवा बस्ने अन्दाजी ३८ बर्षिय देबिन्द्र बहादुर घर्तीलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।  
    
बरामद सुनका गहना, आरोपित मानिस र गाडी उपर थप अनुसन्धान भैरहेको छ । हामी अनुसन्धानकै क्रममा छौं थप कुराहरु पछि आउला । हामीले गरगहनाको तौल पनि गराएका छौं । बरामदी सुनका गरगहना २९ दशमलव १२ तोला हुन्छ । उहाँले थप्नुभयो उनीहरुसँग गरगहनाको विल पनि छैन । बरामदी गहना अवैंध ठहर्छ । त्यसको स्रोत पनि खुलेको छैन । गलत हो वा अन्य केही हो त्यो त अनुसन्धान पछि मात्र भन्न सक्छौं । घटनाको बारेमो यतिखेर यकिन भन्न सक्ने अवस्था पनि छैन । थप पुष्टि भएपछि अन्य कुराहरु बाहिर ल्याउने एसपी शाहीको भनाई छ । 

 

सम्बन्धित समाचार

Facebook Comments