• ११ असार २०८३, बिहिवार
  • २७ °C काठमाडौं
वडाका जेष्ठ नागरिकलाई न्यानो डसना 

मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका वडा नम्बर १० ले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम अन्तर्गत न्यानो ओछ्यान डसना वितरण गरेको छ । चिसो मौसम सुरुवात भएसंगै जेष्ठ नागरिकलाई शितलहर तथा चिसो बाट जोगाउन न्यानो डसना वितरण गरिएको हो । 


गुलरिया नगरपालिका वडा नम्बर १० का विभिन्न गाँउहरुका १ सय ९० जना विपन्न जेष्ठ नागरिकलाई उक्त ओछ्याउने डसना वितरण गरिएको वडा सचिव टिकाराम गुप्ताले जानकारी दिनु भयो । चिसो मौसममा बृद्धबृद्धाहरुलाई विभिन्न समस्या हुने गरेको बताउँदै वडा कार्यालयले सम्मान सहित जेष्ठ नागरिकहरुको अगामी दिनमा स्वास्थ्य परिक्षण समेत गर्ने उहाँको भनाई छ । 


गाँउका जेष्ठ नागरिकको घर दैलोमै चिकित्सकिय टोली लिई स्वास्थ्य परिक्षण गरिने वडा अध्यक्ष लक्ष्मिनारायण लोधले जानकारी गराउनु भयो । हालै वितरण गरिएको न्यानो डसनाले चिसोमौसममा केही हदसम्म राहत पुग्ने विस्वास वडा अध्यक्षको छ । जेष्ठ नागरिकहरु समाजका मार्गदर्शक तथा पथप्रदर्शक भएकाले उहाँहरुको सम्मान सहित न्यानो डसना वितरण गरेको बताउँदै आगामी दिनमा वडा कार्यालयले विभिन्न राहतका कार्यक्रम गर्ने प्रतिबद्धता गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments