• १२ साउन २०८३, मङ्गलवार
  • २५ °C काठमाडौं
केदारेश्वर धाम बाँसगढीमा श्रीमदभागवत महायज्ञ गरिँदै

विन्दु चौधरी, बर्दिया । बाँसगढीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । राधिका फाउन्डेसनको आयोजना तथा ॐ केदारेवर धाम (ट्रष्ट) बाँसगढी बर्दियाको व्यवस्थपनमा महायज्ञ हुने भएको हो ।


असाहय अनाथ बालबालिकाहरुको गुरुकुल शिक्षासहितको आश्रम भवन निर्माणार्थ पुष १० गते देखि १६ गतेसम्म ॐ केदारेवर धामको प्राङ्गणमा महायज्ञ आयोजना गरिने धामका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले बताउनुभयो । सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको मुखारविन्दबाट कथा वाचन हुने उहाँले जानकारी दिनुभयो । 


धर्मले लोक कल्याण गर्ने भएकाले सनातन धर्म संस्कृति विस्तारका लागि धामले प्रत्येक वर्ष कार्यक्रमगर्दै आएको उहाँको भनाई छ । ट्रष्टले पत्रकार सम्मेलनगर्दै कार्यक्रमका बारेमा जानकारी गराईएको हो । केदारेश्वर धाम बाँसगढीमा १०८ फिट अग्लो शिवलिङगसहित सहस्र गोमुख धारा लगायत १०८ तुलसी मठ रहेको बताईएको छ । धार्मिक अनुष्ठानमा सहभागी हुन आयोजकले सम्पूर्ण सनातनीहरुलाई सादर निमन्त्रणा गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments