ग्यास बिक्रेता महासंघ लुम्बिनीको अध्यक्षमा बर्दियाका श्रेष्ठ सर्बसम्मत
चुरेकुञ्ज, २० पुष, बर्दिया । ग्यास विक्रेता महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बर्दियाका ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत चयन हुनु भएको छ । शनिवार बर्दियाको ठाकुरद्वारा सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठसहित १६ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा हरि अधिकारी (परासी), महिला उपाध्यक्ष मञ्जु रेग्मी (पाल्पा), उपाध्यक्ष शेरबहादुर केसी (दाङ), महासचिव शालिकराम केसी (रुपन्देही), सचिव बावुराम पाण्डे (कपिलवस्तु), सहसचिव सन्दिप अग्रहरी (परासी) र कोषाध्यक्षमा सुनिल रेग्मी (बाँके) चयन हुनु भएकोछ ।
त्यस्तै सदस्यहरुमा खुमानन्द भट्टराई (रुपन्देही), टिकाराम कोईराला (बर्दिया), सावित्री बस्नेत (बाँके), रामबहादुर कुँवर (गुल्मी), धनराज राना (गुल्मी), मदन चौधरी (दाङ), सन्देश कक्षपती (कपिलवस्तु), र श्री विष्णु बहादुर क्षेत्री (रुपन्देही) चयन हुनुभएको छ । त्यस्तै रामप्रसाद गैरे निवर्तमान अध्यक्ष रहनु भएको छ ।
१५ °C काठमाडौं
Facebook Comments