बर्दियामा ग्यास बिक्रेता महासंघ लुम्बिनीको साधारणसभा तथा अधिवेशन
भिमा कंडेल, २० पुष, ठाकुरबाबा (बर्दिया) । ग्यास विक्रेता महासंघ लुम्विनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन बर्दियाको पर्यटकिय नगरी ठाकुरद्वारामा सम्पन्न भएको छ । देशभरिका एलपी ग्यास व्यवसायीकहरुको सामूहिक ऐक्यबद्धता आत्मनिर्भर र व्यवस्थीत कारोबार हाम्रो प्रतिबद्धता भन्ने नारा सहित शनिवार प्रदेशका १२ वटा जिल्ला सम्मिलित एलपी ग्यास विक्रेता संघको सहआयोजना तथा ग्यास विक्रेता महासंघ लुम्बिनी प्रदेश रुपन्देहीले चौथो साधारण सभा तथा तेस्रो अधिवेशन आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले देशको आर्थिक अवस्था र भौगोलिक जटिलताले नेपालीहरु केही कुरामा परनिर्भर हुनु परेको बताउनु भयो । भौगोलिक जटिलताका कारण विकास निर्माणको कार्यमा पछि परिरहेको उहाँको भनाई छ । वाहिरी देशबाट आयातित वस्तुले गर्दा नेपालको व्यापारमा घाटा भएकोले कसरी देश तथा नागरिकललाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनु पर्नेमा नगरप्रमुख लम्सालको जोड छ ।
कसरी आम नागरिकलाई आर्थिक समृद्धीमा जोडुन सकिन्छ भन्ने चिन्तन सबैमा हुन जरुरी रहेको बताउँदै उहाँले ३ तहको सरकार भएको झण्डै साढ़े ७ वर्ष वितिसक्दा पनि नीतिगत समस्या जहाँको त्यही रहेको बताउनुभयो । स्थानीय सरकारको अधिकारको कुरा प्रदेश र संघिय सरकारको अधिकारको कुरा संविधानले एक किसिमको व्याख्या गरेतापनि यी नितिगत कुराहरु हामीले कार्यविधी तथा कार्यनीति ऐन नटुङ्याउदै गर्दा जसरी देश चल्नु पर्ने हो त्यसरी नचलेका कारण उद्योगी व्यवसायी मर्कामा परेको बताउनु भयो ।
राज्यले सहि ढङगले नीतिगत कुरा टुङग्याउने हो भने सम्बन्धीत निकायका सरकारले व्यवासायिक हक हितका कुरा लगायत उद्योग स्थापनाका कुरा धेरै गर्न सकिने बताउनु भयो । त्यसैगरी नागरिक लगानीको प्रतिफल नहँुदा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको ग्यास ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद गैरेले बताउनु भएको छ । देशको विभिन्न जिल्लामा ६० वटा उद्योग सञ्चाल गरी ग्याँस सेवा दिइरहको छ ।
२६ °C काठमाडौं
Facebook Comments