शिक्षा नीति राम्रो हुन राजनीति स्वच्छ हुनु पर्छ : माओबादी नेता बस्नेत
टिकाराम चौधरी, २० भाद्र, बर्दिया । नेकपा (माओवादी केन्द्र) का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माओ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुनसुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ ।
जब राजनीति स्वस्छ हुन्छ, जनताको पक्षमा हुन्छ तब हामीले बनाउने नीति सबै जनपक्षीय हुने बताउनु भएको छ । बर्दियाको राजापुरमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधनका क्रममा त्यस्तो बताउनु भएको हो । पुर्व मन्त्री बस्नेतले विद्यार्थीहरुलाई किताबको पाना मात्र होईन, नेपालको परिवेश पनि पढ्नका लागि आग्रह गर्नु भएको छ । विद्यार्थीहरुले नेपालको ईतिहास बुझ्न जरुरी छ, वर्तमान बुझ्न जरुरी छ र भविश्यमा हाम्रो देश कता जाँदैछ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनु भएको छ ।
नेपालको आर्थिक, सामाजिक, राजाीतिक अवस्था, यहाँका समस्या, यहाँका सम्भावना, यहाँको आवश्यकलाई बुझ्नुपर्ने बताउँदै पढ्नु अर्थ बुझ्नु, समस्याको समस्याको समाधान पत्ता लगाउनु र परिवर्तन गर्ने पनि रहेको प्रष्ट्याउनु भयो । विद्यार्थीहरुको अहिले हामी कहाँ छौँ, कहाँ जानु पर्ने हो, त्यसको मार्गचित्र, रोडम्याप तयार गरेर अगाडी बढ्नु पर्ने सुझाउँदै भोली बिज्ञान र प्रविधि रहेको छ, विद्यार्थीहरु आज बिज्ञान र प्रविधिको माध्यमबाट धेरै कुरा सिक्न सकिने उहाँको जिकिर थियो ।
अर्को प्रसंगमा पुर्वमन्त्री बस्नेतले अहिलेको अवस्था भनेको संविधान कार्यान्वयनको समय रहेको बताउनु भएको छ । नेपालको सविधान सविधान सभाबाट बनेको उत्कृष्ट सविधान हो । यसको कार्यान्वयनका लागि हामी सबैले आफ्नो हक, अधिकारहरु प्राप्त गर्न सक्ने खालको रहेको बताउनु भएको छ । कुन तहको सरकारले सविधानको पुर्ण कार्यान्वयन गरीरहेको छ । त्यसलाई समर्थन गर्ने र कुन ठाँउमा कार्यान्वयान भएको छैन, त्यस ठाँउमा खवरदारी गर्नु पर्ने बेला रहेको बताउनु भएको छ । यसमा विद्यार्थीहरुले पनि महत्वपुर्ण भुमिका खेल्ने प्रशस्त ठाँउ रहेको बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) की केन्दीय उपाध्यक्ष प्रविना अधिकारीले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थीले काम गर्नुपर्ने बताउनु भएको छ । देशको अवस्था र बदलिदो परिस्थिति अनुसारको शिक्षा क्षेत्र बनाउन विद्यार्थी संगठनको भुमिका रहनु पर्ने प्रष्टपार्दै शिक्षा क्षेत्रमा विद्यार्थीहरुको देश निर्माण भन्दा बैदेशिक क्षेत्रमा जाने खालको मानसिकता विकास भईरहेकोभन्दै चिन्ता ब्यक्त गर्नुभयो । यसलाई रोक्न र देशको विकास हुने खालको जनशक्ति उत्पादन गर्न विद्यालय र शिक्षा क्षेत्रलाई बलियो बनाउनु पर्ने बताउनु भयो । जिल्ला सम्मेलनमा माओबादी केन्द्रका नेता तथा विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।
२१ °C काठमाडौं
Facebook Comments