अयोध्या श्रीवास्तवको बिश्लेषणात्मक कृति ‘यो हो अमेरिका’
यादव आचार्य, ८ फागुन, गुलरिया (बर्दिया) । नेपाल, अमेरिका लगायत न्युजिल्याण्डको भौगोलिक प्राकृतिक जलवायु जनसंख्या तथा संस्कृति समेटिएको अयोध्याप्रसाद श्रीवास्तवको विश्लेषणात्मक कृति ‘यो हो अमेरिका’ बर्दिया मात्र नभई विदेशिने जोकोही नेपाली युवा पुस्ताहरुको लागि बौद्धिक सम्पत्तिका रुपमा विमोचित भएको छ । पछिल्लो समय नेपालीहरु रोजगारीका क्रममा अमेरिका लगायत विभिन्न देशहरुमा जाने अनि दुःख पाउने प्रवृत्ति बढेको छ । श्रीवास्तवको कृतिले सम्वन्धित देशमा ओर्लिएपछि आउने संकटपूर्ण अवस्थाको सहजै सामनासँगै अनुमान गर्न सिकाएको छ ।
कृति भित्र सम्वन्धित देशको भुगोल, जनसंख्या प्राकृतिक विशेषता जलवायु सँस्कृतिसँगै अमेरिका स्थित प्रवासी नेपालीहरु स्थिती समेटिएको छ । त्याहाँको राजनितिक, ईतिहास, नागरिकहरुको अवस्था, जीवनशैली भेषभुसा कृति मार्फत उजागर गरिएको राजनिति र दर्शनशास्त्रको अध्येता समेत रहेका कृतिकार श्रीवास्तवले बताए । रैथाने अमेरिकन नागरिकहरु अझै अन्न खान नपाउने अवस्थाका छन् । त्यहाँ चलेको अश्वेत आन्दोलनका बारेमा समेत कृतिमा उल्लेख गरिएको उनले प्रष्ट्याए ।
सन्तान अमेरिकामा बसेका कारण पटक पटक आफू त्याहा जाँदा पाएको अनुभुती र विभिन्न ठाउँमा पुगेर गरिएको अनुगमन भ्रमणका आधारमा कृति तयार पारेको छु । नेपाली मूलधार तथा स्थानिय पत्रपत्रिकामा लेख रचना प्रकाशित गरिसकेका श्रीवास्तवले शीलवती, भगवान कहाँ छन् र कस्ता छन् तथा यो हो अमेरिका नामक कृति प्रकाशन गरेका हुन् । नयाँमुलुक भाग १ र २ प्रकाशोन्मुख कृतिको रुपमा तयारी रहेको जनाउँदै उनले थपे, भेरी साहित्य समाज बर्दियाले प्रकाशन गरिदिएको यो हो अमेरिका एक पटक सबैले पढ्न सके ठूला देशका बारेमा बुझ्न सहज हुन्छ ।
बबई बहुमुखी क्याम्पस गुलरियाको संस्थापक प्राध्यापक रहेका श्रीवास्तव स्थानिय प्रशासनको प्रशासकिय अधिकृत भई सेवा निवृत्त छन् । उनी लाईन्स क्लव अफ बर्दियाको संस्थापकका साथै बर्दियाली साहित्य समाज, भेरी साहित्य समाज, गायत्री परिवार, नेपाल रेडक्रस सोसाईटी, नेपाल बार एशोशिएसन बर्दियाको आजिवन सदस्य हुन् । गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित गणेशपुरमा जन्मिएका श्रीवास्तव साहित्यसँगै समाजसेवी पनि हुन् ।
कृति यो हो अमेरिका मार्फत नेपालले विदेशको विकासबाट प्रेरणा लिन सक्ने कृति लोकार्पणगर्दै भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिनाले बताए । नेपालका क्रिम युवाहरु विदेशिने क्रम बढेकोले पुस्तकका माध्यमबाट वैदेशिक बातावरण बुझ्न सहजता ल्याउँछ । कृति जिल्लाकै बौद्धिक सम्पत्ती भएको उनको भनाई छ । युवाहरु विदेश बसेर नेपालको चिन्ता गर्नुभन्दा स्वदेशमै आएर चिन्ता गर्दा फलदायी हुने तिमिल्सिनाको भनाई छ । कृति मार्फत तिन वटा देशको विश्लेषणात्म चित्रण गर्न भुमिका गर्ने कृतिकार श्रीवास्तवलाई उनले बधाईसँगै धन्यवाद दिए ।
२२ °C काठमाडौं
Facebook Comments