समुदायमा काँग्रेस अभियानसँगै रक्तदान
गुलरिया, १६ माघ । नेपाली काँग्रेस वडा समितिले समुदायमा काँग्रेसको अभियानसँगै रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमिति गुलरिया नगरपालिका वडा नम्बर ८ ले सहिद दिवसको अवसर पारेर गुलरियाको वडा नम्बर ८ स्थित कोठियागाउँमा रक्तदान कार्यक्रम गरेको छ ।
समुदायमा काँग्रेसको अभियान भब्यताका साथ सफल पारौं भन्ने नारासहित आयोजना गरिएको रक्तदान कार्यक्रममा १० पिन्ट रगत संकलन गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ (ख) प्रदेश समितिका सभापति विरबहादुर चौधरीले जानकारी दिए । रगत अभाव भैरहेको बेलामा काँग्रेसको गाउँगाउँमा अभियान चलिरहँदा गरिएको रक्त संकलनले आकस्मिक सेवाका विरामीहरुलाई राहत पुग्ने विस्वास हाम्रो छ । उत्साह र उपयोगी कार्यक्रमगर्दै अभियानलाई पनि सफल पार्ने लक्ष्य लिएका छौं सभापति चौधरीले भने ।
१९ °C काठमाडौं
Facebook Comments