• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
विद्यालयमा राजनिति नगरौं : भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी

केशव कोईराला, १४ माघ, राजापुर (बर्दिया) । लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मवहादुर चौधरीले बिद्यालयमा राजनीतिक नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । राजापुर नगरपालिकाले आयोजना गरेको पाँचौ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधनगर्दै उहाँले यस्तो बताउनुभएको हो ।

बिद्यालयमा शिक्षकले राजनीतिक गर्दा बिद्यार्थीको भविश्य अन्यौल हुनुका साथै नतिजा नराम्रो आउने हुँदा बिदेश पलायन हुनुपर्ने बाध्यता आउने भन्दै सजग रहन शिक्षकहरुलाई सुझाउनु भयो । यस क्षेत्रको शैक्षिक बिकासका लागी सांसदक्षेत्र बिकास कोष मार्फत राजापुर र गेरुवाका २ बिद्यालयलाई आफुले बजेट बिनीयोजन गरेकोभन्दै मंत्री चौधरीले ठूलो आकारको बजेट एउटै ठाउँमा लगाउँदा प्रतिफल राम्रो आउने धारणा राख्नुभयो । यस क्षेत्रको बिकास गर्नु आफ्नो कर्तव्य भएको भन्दै मंत्री चौधरीले निमार्णाधिन राजापुर रंगशालालाई  आफ्नै पालामा पूर्णता दिने उद्घोष गर्नुभयो । 

मंत्री चौधरीले बिकास निर्माणतर्फ इंगितगर्दै सुगौली संधिमा उल्लेखित बुँदा कसैले तोडमोड गर्न नसक्ने भन्दै कतर्निया नाका आफ्नै पालामा समेत खोल्ने दावी गर्नुभयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले राजापुर नगरपालिका शैक्षिक सुधारमा प्रयत्नशिल रहेको भन्दै यसक्षेत्रका बिद्यार्थीसँग भएको बहुप्रतिभाको तारिफ गर्नुभयो । यहाँका बिद्यार्थीमा बहुप्रतिभा छ उहाँले भन्नुभयो “बिद्यालयको शैक्षिक सुधार र बिद्यार्थीको प्रतिभा प्रोत्साहनमा हामि निरन्तर लाग्नेछौं ।” कार्यक्रममा बोल्दै शिक्षक महासंघ राजापुरका अध्यक्ष राजकुमार रेग्मीले शिक्षकहरु बिद्यालयको शैक्षिक सुधार र बिद्यार्थीको पठनपाठनमा तल्लीन भएपनी नगरपालिकाले महासंघलाई बेवास्ता गरेको आरोप लगाउदै आगामी दिनमा समन्वय गर्न आग्रह गर्नुभयो । 

नेपाली कांग्रेसका नगर उपसभापति खुशीराम चौधरी, नेकपा एमालेका नगर अध्यक्ष शर्मा चौधरी, नेकपा माओवादीका नगर अध्यक्ष चिन्तमणी आचार्य, वडा नं ९ का अध्यक्ष बिष्णु प्रसाद थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई राजापुर नगरपालिकाका सामाजिक बिकास संयोजक रमेश थारुले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा राजापुर नगरपालिकाका सामुदायीक तथा सँस्थागत बिद्यालयका बिद्यार्थीहरुले मार्चपास प्रदर्शन गरेका छन् । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको अध्यक्षतामा आयोजित उद्घाटन समारोह समापन गरिएको थियो । 

आईतवार भएको १५ सय मिटर छात्र–छात्रा दौडमा छात्र तर्फ  कालिका माध्यमिक बिद्यालय चनौराका निरज चलाउने प्रथम नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गोडियानाका अर्जुन क्षेत्री दोश्रो र रिनेशा बोर्डिङ स्कुल राजापुरका ललित जंग  बम तेश्रो भएका छन् । यस्तै छात्रा तर्फ कालिका माध्यमिक बिद्यालय चनौराकी पुजा शाही प्रथम अमर शहिद श्रीदशरथ चन्द माध्यमिक बिद्यालय राजापुरकी राधा सुनार दोश्रो र बुद्व आधारभुत बिद्यालय भिम्मापुरकि गौरीराना तेश्रो भएकी छन् । पाँचौ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सोमबारबाट लङजम्प, हाइजम्प, दौड रिलेदौड कवड्डी, मार्सल आर्ट लगायतका खेल हुनेछन् । प्रतियोगिता १७ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments