बढैयाताल नृत्य प्रतियोगताको उपाधी रियालाई
दलबहादुर सुनार ७ माघ बढैयाताल (बर्दिया) । बढैयाताल एकल नृत्य प्रतियोगिताको उपाधी रिया भुजेलले हात पारेकी छन् । बिद्या ज्योति नमुना माध्यामिक बिद्यालय कण्ठपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा भुजेलले प्रतिस्पर्धीलाई पछिपार्दैै उपाधी हात पारेकी हुन् ।
पौष २६ गते देखि माघ ७ गते सम्म सञ्चालनमा रहेको बढैयातालको प्रथम प्रादेशिक ब्यापार तथा माघि महोत्सबको अवसरमा आयोजित एकल नृत्य प्रतियोतामा बर्दिया एकेडेमीकी छात्रा अनिसा परियार द्धितिय, बढैयाताल वडा नम्बर ३ की सृष्टी भुषाल तृतिय भएकी छन् भने सुस्मिता भण्डारी, सन्ध्या गजमेर र रञ्जना ओली सान्त्वना भएका छन् । बढैयाताल महोत्सबको दोश्रो दिन बाट शुरु भई १० औ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा बढैयातालका ८ जना प्रतिस्पर्धामा सहभागिता रहेको निर्णायक मण्डलका संयोजक तथा आइडलका संयोजक बिष्णु बहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा बिजेता बनेकी रियाले नगद १५ हजार, द्धितिय भएकी अनिसाले १० हजार, तृतिय भुषालले ५ हजार रुपैया र सम्मानपत्र तथा सान्त्वना भएका ३ जनालाई जनही एक हजार र सम्मान पत्र प्रदान गरिएको जनाईएको छ । पौष २७ गते वाट शुरु भएको प्रतियोगितामा ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको मूल्यांकनबाट प्रतियोगिहरुलाई अंकभार प्रदान गरिएको जानकारी गराउदै निर्णायक मण्डलका संजोजक थापाले महोत्सबको समापन कार्यक्रमा आइतबार नतिजा प्रकाशन गरिएको बताए ।
२२ °C काठमाडौं
Facebook Comments