बढैयाताल महोत्सवमा महानायक राजेश हमाल आउँदै
विष्णु अधिकारी, २८ पुष, गुलरिया (बर्दिया) । पौष २९ गते आइतवार प्रथम प्रादेशिक बढैयाताल कृषि साँस्कृतिक, पर्यटन, औद्योगिक व्यापार तथा माघी महोत्सव ०८० को अवसरमा बढैयातालको मैनापोखरमा महानायक राजेश हमाल आउने भएका छन् । स्थानिय सस्कृति, कला, भेषभुसा लगायत परिकारयुक्त महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुले धमाकेदार प्रस्तुति दिईरहेका छन् ।
महोत्सवमा आईतबार महानायक राजेश हमालको कला प्रस्तुत हुने उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनु भएको छ । उद्योग वाणिज्य संघ बढैयातालको आयोजनामा संचालन भइरहेको महोत्सवमा आइतवार चर्चित नायक हमालसँगै गायीका लक्ष्मी बस्नेत, आर के थारु लगायत थारु डान्स ग्रुप र सृष्टि डान्स ग्रुपको धमाकेदार प्रस्तुती रहने अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
पौष २६ गते देखि शुभारम्भ भएको महोत्सव माघ ७ गतेसम्म चल्ने बताईएको छ । बढैयाताल गाउँपालिकाको मैनापोखरमा संचालन भइरहेको महोत्सवमा साँस्कृतिक कार्यक्रमसहितको थारु गाउँको आनन्द लिन सकिने छ । महोत्सव अवधिभर लोकप्रिय कलाकारहरुले गित संगीत मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका छन् । महोत्सवमा कलाकार महानायक राजेश हमालको प्रस्तुती हेर्न आईतबार सम्पूर्ण जनमा हार्दिक आब्हानगर्दै अध्यक्ष लामिछानेले चुल्है निम्तो दिनु भएको छ ।
२२ °C काठमाडौं
Facebook Comments