• १६ भदौ २०८३, मङ्गलवार
  • २२ °C काठमाडौं
बर्दियाको गुलरिया स्थित दुई वडाका मस्जिद एवं मुस्लिम समुदायहरुद्वारा सरकारी उद्धार कोषमा सहयोग

बर्दिया, १६ भाद्र । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ र १२ का  सम्पूर्ण मम्स्जिदहरु, मुस्लिम समाज ,मुस्लिम युवा, मोहम्मदपुर‌ वेलफेयर ट्रस्ट र सम्पूर्ण देश बिदेशमा रहेका दुवै वडाका बासिन्दाहरुसँग सहकार्य गर्दै बाढी तथा विपद् प्रभावितहरूका लागि संकलन गरिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको छ ।

भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका नागरिकका लागि संकलन गरिएको २ लाख ५० हजार ५७२ रुपैया राहत रकम जिल्ला प्रशासन कार्यालय बर्दियामा जानकारीगर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भौचर जमा गरिएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ११ मा २ लाख २७ हजार ८६ रुपैया र वडा नम्बर १२ बाट ४७ हजार ७८६ रुपैया गरी कुल २ लाख ५० हजार ५७२ रुपैया मोहम्मदपुर वेलफेयर ट्रस्ट बाट सङ्कलन गरिएको स्थानिय युवा सलमान खानले जानकारी दिनुभयो ।  

सम्बन्धित समाचार

Facebook Comments