• १९ वैशाख २०८३, शनिवार
  • २२ °C काठमाडौं
कलाकार दुर्गेश थापाले दर्शकलाई छमछमी नचाए 

विष्णु अधिकारी, गुलरिया (बर्दिया) । प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव बर्दियाको गुलरियामा चर्चित गायक दुर्गेश थापाले दर्शकलाई आफुसंगै छमछमी नचाएका छन् । थापाको गितले माहौल तातिएपछि दर्शक छमछमी नाचेरै आनन्द लिएका छन् । 


शनिवार महोत्सवमा आर.के. थारु गायक, पुनम चौधरी र प्रेरणा गिरी मोडल आएकाले दर्शकहरुको बाक्लो उपस्थिती थियो । महोत्सव अवधिभर लोकप्रिय कलाकारहरुले गित संगित मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउने उद्योग वाणिज्य संघ गुलरियका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी गराउनु भएको छ । महोत्सवमा दर्शकले रुचाउने कलाकार ल्याइएको जानकारी उहाँले दिनु भएको छ । पौष १५ गते आइतवार महोत्सवमा उद्योग वाणिज्य संघ गुलरियाले चर्चित नायक पल शाह, गायिका पुर्णकला विसी, मोडल डान्सर भावना चौधरी र काजी श्रेष्ठ लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने उहाँको भनाई छ । 


    समृद्ध बर्दियाका प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार भन्ने नाराका साथ सुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा प्रादेशिक डान्स आइडल सिजन २ र साथमा हरेक दिन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ । २०८० पौष ६ गतेदेखि १६ गते सम्म महोत्सव चल्ने आयोजकले जनाएको छ । गुलरिया नगरपालिका वडा नं. ८ कोठिया गाउँ प्रवेश गर्ने मार्ग नजिक महोत्सव संचालन भइरहेको छ ।   

सम्बन्धित समाचार

Facebook Comments