• १९ वैशाख २०८३, शनिवार
  • २२ °C काठमाडौं
महोत्सवमा कमल विसी “माल्दाई” ले नचाए दर्शक

मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरिया महोत्सवमा आइतबार बालकलाकार, लोकदोहरी गायक तथा हांस्यकलाकारहरुले प्रस्तुति दिएका छन् । गुलरियामा संचालित प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० मा गायक कमल विसी माल्दाई, बाल गायक सुप्रिम मल्ल ठकुरी, गायिका सोनु कुश्मी, हास्य कलाकार दिनेश काफ्ले, गायक गेमराज गीरी र मोडल डान्सर सुनिता दहितको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएको छ ।

 
पौष ६ देखी शुरु भएको महोत्सव पुष १६ गते सम्म संचालन हुने उद्योग बाणिज्य संघ गुलरियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।सोमबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित लोकप्रिय गायिका एलिना चौहान लगायत अन्य कलाकार आउने जनाईएको छ । उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा सोमबार ख्याती प्राप्त चार कलाकार आउँदैछन् । 


पछिल्लो समयमा सबैले रुचाएको गायिका चौहानको सोमबार महोत्सवमा धमाकेदार प्रस्तुती रहने अनुमान गरिएको छ । त्यसैगरी चर्चित गायक राज कुश्मी, रामजी खाँड र मोडल डान्सर दिपिका चौधरीको सोमबार प्रस्ती रहने आयोजकले जनाएको छ । महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि) महोत्सव लागेको छ ।

सम्बन्धित समाचार

Facebook Comments