हाल्दिहान्छौ नि भोट ! चिन्ता नलिनुस
मुकुन्द अर्याल, पुष ०२, बर्दिया । बर्दियाको जब्दीपुल । सदरमुकाम गुलरियाबाट पुर्ब पश्चिम राजमार्ग जोड्ने सबै भन्दा छोटो दुरीको बाटोमा बबई नदीमा बनेको पुल । पप्पु कन्स्ट्रक्सनले बनाएको पुल । निर्माण सम्पन्न पश्चात् हस्तान्तरण नहुदै भत्केको पुल । एक पक्षले डिजाइन फेलर भन्ने र अर्को पक्षले निर्माण प्रकृयामा ठगी भएको भनिएको पुल भत्कियो ।
हामी जस्ता भुईमानिसलाई के थाहा र ? हामीले त देख्यौ पुर्ण सम्पन्न नहँुदै भत्किएको पुल । हामीले त यत्ती बुझ्यौ, केही भएरै भत्कियो । नत्र सबै पुल भत्किनु पर्ने । तेहि नदीमा बनेका अरु पुल पनि । अरु भत्किएनन । त्यो भासियो । हाम्रो बिकास प्रक्रियालाई धेरै पछि धकेल्यो । सदरमुकामलाई बिच्छेद गर्यो यति धेरै बर्ष । त्यसपछि लगभग सबै पार्टीका धेरै सरकार बने । धेरै मन्त्री आएर फोटो खिचाए । प्रतिबद्धता पनि दिए । तर पुल बनेन । खै किन बनेन हामी जस्ता भुइमानिसहरुलाई के थाहा र ? हाम्रो काम त भोट हाल्ने, तोकेको कर तिर्ने र ताली बजाउने न हो ।
हामी त कुरेर बस्यौ बन्ला भनेर । अनसन पनि भयो त्यही । अनसनमा पनि पुयौ ऐक्यवद्धता प्रस्तुत गर्न । अब चाहिँ बन्ने भो भनेर । तर फेरि पनि बनेन पुल । एउटा कुरा चाहिँ लागिरह्यो । अन्त बाटोको ट्र्याक नै नखोलिएको ठाउँमा पुल बने । आबस्यक नै नभएको ठाउँमा भ्यु टावर बने । घाँस गोड्ने कार्यक्रममा अरबौ खर्च गर्यो सरकारले । करोड माथी किसानलाई धेरै अरब भन्दा माथि अनुदान दियो रे ! तर हाम्रो लाइफलाइन पुल बनेन । किसानले तरकारी बेच्न पाएन । रोगी अस्पताल आउन पाएन । विद्यार्थी कलेज जान पाएन ।
अहिले सुन्नमा आएको छ, फेरि नयाँ मन्त्री आउदैछन रे ! भत्केको पुल हेर्न । नयाँ पार्टीको जग बसाल्न हो या पुल बनाउन थाह भएन । एउटा कुरा चाहिँ पक्कै हो, भोलि देखि नयाँ स्टाटस र नयाँ सरगर्मी देख्न पाइनेछ । “हाम्रो पहल“ भन्ने प्रतिस्पर्धा चल्नेछ । त्यही बिषयमा स्थानियलाई भ्रमित पार्ने होडबाजी चल्नेछ । आज आएर ती पहल गर्नेवालाहरु यतिका समय कुन दुलोमा थिए थाह छैन । कसैले पहल गर्नपनि यतिका बर्ष सम्म हामीले कुर्नुपर्ने के रैछ प्रकृया ? हुनत हामीजस्ता भुई मानिसले बुझ्ने कुरा भएन यो । भोलि देखि स्टाटस, फोटो र भिडियो खुबै आइरहनेछन “हाम्रो पहल“ को । अब आउने चुनाबको तयारी हुन सक्छ । आतिनु पर्दैन, हामी भोट हाल्दिई हाल्छौ नि ।
एउटा कुरा अचम्म लाग्छ । जसको जे काम हो उसले त्यही काम गर्दा किन समाचार बन्नु पर्ने ? किन “पहल“ भन्नू पर्ने ? सिडिओको एउटा काम नागरिकता प्रमाणपत्र दिने हो । उसले दियो । अनि के नौलो कुरा भयो र “पहल“ भनेर समाचार बन्नु पर्ने ? किसानले धान उब्जायो अनि के को “पहल“ ? डाक्टरले उपचार गर्यो अनि के को “पहल“ ? जसको जे काम हो त्यहि गर्दा ढिढोरा पिट्नु पर्छ ? क्या समभ्mतेहो सब बेवकुफ है क्या ? भोट दारब का हाम्रे चिन्ता नालेओ ।
२१ °C काठमाडौं
Facebook Comments