गुलरिया नगरस्तरिय रनिङ्ग शिल्डको उपाधी शम्भुशरणले चुम्यो
मुरली गोडिया, मंसिर १३, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका स्तरिय अठारौं राष्ट्रपति रनिङ्गशिल्ड तथा छैठौं मेयर कप खेलकुद प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगीताको उपाधी नेपाल राष्ट्रिय शम्भुशरण माध्यामिक विद्यालयले हात पारेको छ ।
शम्भुशरण माविले प्रतियोगीतामा ९ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित प्रथम भएको आयोजक समितीका संयोजक निर्मल उपाध्यायले जानकारी गराउनु भयो । यस्तै प्रतियोगीतामा ८ स्वर्ण, ३ रजत र २ कास्य सहित जनज्योती सेकेन्ड्री स्कुलले दोस्रो स्थान प्राप्त गरेको छ । ५ स्वर्ण, ११ रजत र १ कास्य सहित बंगलामुखि राधाकृष्ण मावि तेस्रो स्थान हासिल गरेको उपाध्यायले बताउनु भयो । प्रतियोगीतामा गुलरिया नगर भित्रका ५९ वटा विद्यालयले सहभागीता जनाएका थिए ।
यस वर्षको शिल्ड सामुदायिक विद्यालयले प्राप्त गरेकोमा शम्भुशरण माविका प्रअ सुनिल यादवले खुशी व्यक्त गर्नु भयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुले अध्ययन संगसंगै खेल क्षेत्रमा समेत प्रगति गर्न सक्ने उदारहण दिएको यादवको भनाई छ । जित हाँसिल गरेपछि यादवले खेल अवधिभर सहयोग गर्ने खेल शिक्षक, अभिभावक, विद्यर्थी, शिक्षक लगायत अयोजक तथा स्थानिय सरकार गुलरिया नगरपालिकालाई विशेष धन्यवाद दिनुभएको छ ।
२० °C काठमाडौं
Facebook Comments