• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
ठाकुरबाबा आधारभूत नगर अस्पतालको अध्यक्षमा पत्रकार योगी

हरी गुरुङ, २२ कार्तिक, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरबाबा नगरपालिकाले संचालनमा ल्याएको आधारभुत नगर अस्पतालको अध्यक्ष पदमा रेडियो टाइगर बर्दियाका प्रवन्ध निर्देशक एवम् पत्रकार भावुक योगी मनोनित हुनु भएको छ । पालिकाको आधारभूत नगर अस्पताल सञ्चालन कार्यविधी २०७९ को दफा १० उपदफा १ बमोजिम योगीलाई व्यवस्थापन समितिको अध्यक्षमा पदमा मनोनित गरिएको हो । 

ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा नवनियुक्त अध्यक्षबाट अमूल्य योगदान रहने पालिकाले विश्वास लिएको बताईएको छ । झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सकृय रहनुभएका उज्यालोकर्मी तथा रेडियो टाइगर बर्दियाका प्रवन्ध निर्देशक एवं नेपाल पत्रकार महासंघ बर्दिया शाखाका निवर्तमान उपाध्यक्षसमेत रहनुभएका योगीलाई ठाकुरबाबा नगरपालिकाले आधारभूत नगर अस्पतालको अध्यक्ष पदमा मनोनित गरेको छ । 

नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना भट्टराईले पत्रकार योगीलाई अध्यक्ष पदको मनोनयन पत्र प्रदान गर्नुभएको छ । पत्रकारिता क्षेत्रमा रहि महत्त्वपूर्ण कार्यगर्दै आएको र विगत ३ वर्ष अघिदेखि संचालनमा आएको १५ शैयाको आधारतुत नगर अस्पताल संचालनका लागि अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार योगीलाई मनोनित गरिएको नगर प्रमुख लम्सालले बताउनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments