राजापुर खाद्य कम्पनीले कोटाभन्दा बढी धान खरिद गर्नुपर्छ : मन्त्री तिमिल्सिना
केशव कोईराला, २० कार्तिक, राजापुर (बर्दिया) । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लाको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुगमन गर्नु भएको छ । मन्त्री तिमिल्सिनाले कम्पनीको सञ्चालक, कर्मचारी एवं किसान सँग भेटगर्दै आगामी समयमा किसानहरुको धान समयमै खरिद गरी उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय खाद्यान्न वितरण गर्ने विषयमा जानकारी लिनुभएको थियो ।
अनुगमनका क्रममा उहाँले गोदाममा रहेका खाद्यान्नको भण्डारण अवस्था, वितरण प्रक्रिया तथा उपभोक्तालाई प्रदान गरिँदै आएको सेवाको अवस्था निरीक्षण गर्नुभयो । मन्त्री तिमिल्सीनाले आफूले यस क्षेत्रको हरेक बिकास हेर्न उत्साहित भएको बताउदै यहाँको बिकासका निम्ती लागिपर्ने बताउनु भयो । किसानहरुलाई मलको समस्याका सन्र्दभमा कृषी मंत्रालयका सचिवहरु सँग आवश्यक समन्वय गरि समयमै मल उपलव्द्ध हुने बातावरण मिलाउने आश्वासन दिनुभयो ।
साथै, मन्त्री तिमिल्सिनाले राजापुरका किसानका लागी न्युनतम कोटा भन्दापनी अधिकतम धान खरिदका विषयमा केन्द्र, प्रदेशमा पहलगरी खरिद प्रक्रिया सरल बनाउन खाद्य प्रशासन लाई निर्देशन दिनुभयो । अनुगमनका क्रममा स्थानीय किसान राजनितिक दलकाप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरूको समेत उपस्थिती रहेको थियो ।
१७ °C काठमाडौं
Facebook Comments