• ३ वैशाख २०८३, बिहिवार
  • २२ °C काठमाडौं
सिटिजन्स बैंकको स्थापना दिवसमा बर्दियामा रक्तदान : ४३ पिन्ट रगत संकलन

चुरेकुञ्ज, ५ बैशाख, बर्दिया । सिटिजन्स बैंक इन्टरनेशनल नेपालको १८ औं बार्षिक उत्सवको अवसरमा बर्दियाको गुलरियामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । शुक्रवार नेपाल रेडक्रस सोसाईटी शाखा बर्दियाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले बार्षिक उत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा स्थानिय महिला, पुरुष लगायत बैंकका कर्मचारीहरु गरी ४३ जनाले रगत दान गरेको सिटिजन्स बैंक गुलरिया शाखा प्रमुख तेजिता आचार्यले जानकारी दिनुभयो । बैंकको बार्षिक उत्सवका अवसरमा सम्पूर्ण सेवाग्राही कर्मचारीहरुलाई शुभकामना ब्यक्तगर्दै रक्तदाताहरु र सहकार्य गर्ने नेपाल रेडक्रस सोसाईटी प्रति आभार ब्यक्त गर्नुभएको छ ।

बार्षिक उत्सवका अवसरमा बैंकका देशैभरका २ सय वटा शाखाहरुको बिभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको सिटिजन्स बैंक इन्टरनेशनल नेपाल लुम्विनी प्रदेश च्याप्टर नेपालगञ्जका प्रमुख विनय गौतमले बताउनु भएको छ । रक्तदान जीवन दान भन्ने उद्देश्य परिपूर्ति गर्न बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरिएको बताईएको छ । बैंक नाफामुखी नभई सामाजिक सेवामुखी समेत रहेको बताउँदै बर्दियामा ३ वटा शाखा मार्फत बैंकले सेवा प्रवाहगर्दै आईरहेको उहाँको भनाई छ । 

बर्दियावासीलाई प्रशस्त सेवा दिन सफल भएको बैंकको अनुभुती छ । सेवाग्राहीको मनोभावना बुझेर बैंकले जिल्लामा निक्षेप संकलन लगायत ऋणप्रवाह गरिरहेको प्रमुख गौतमले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा बर्दियाको गुलरिया, सानोश्री, बढैयाताल, बाँकेको नेपालगञ्ज, कोहलपुर शाखाका कर्मचारीहरु रक्तदान कार्यक्रममा सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments