जापानमा रहेकी सिर्जना खड्काको उपचारमा सहयोग गर्न अपिल
चुरेकुञ्ज, १ भदौ, जापान । सिर्जना खड्का बचाउ अभियानले सामाजिक अभियन्ता बिष्णु शर्माको संयोजकत्व र नेपाल कल्याण समाज जापानको कार्यसमितिको निर्णय अनुसार जापान भरी नै आर्थिक संकलनको अपिल गरेको छ । नेपाल कल्याण समाज जापानले नेपाल र नेपालीका लागी फरक फरक ढङ्गले विभिन्न थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ ।
प्राकृतिक प्रकोप भुकम्प तथा बाढी पीडित देखी दुःखी, गरिब, टुहुरा बालबालिकालाई सहयोग गर्दै आएको छ । पछिल्ला दिनहरुमा नेपालमा ब्लड संग सम्बन्धित कार्यक्रममा पनि सहकार्य गरिएको छ । समाज सेवी तथा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्माले नेपालमा व्यक्तिगत रूपमा पनि थुप्रै सामाजिक कार्यमा आर्थिक सहयोग डोनेट गर्दै आउनु भएको छ । अरुको दुःखमा सधै साथ र सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले अभियान सुरु गरिएको छ । सस्थागत अन्त्य भयता पनि ब्यक्तीगत शर्माले यो अभियानलाई निरंतरता दिने बताउनु भएको छ ।
व्यवसायी तथा समाज सेवी नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्मा र नेपाल कल्याण समाज जापानको संस्थागत पहलमा अभियान समाजमा ल्याईएको थियो । क्यान्सर पिडित सिर्जना खड्का कार्कीको उपचारमा आर्थिक सहयोग अभियान जुलाई ३० गते सुरू गरि अगस्ट १३ गते सम्मको २ हप्ताको अभियान सुरु भएको थियो जसमा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्माले व्यक्तिगत तथा संस्थागत पहलमा जापानमा भएका विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक व्यक्तित्वहरु संग आर्थिक अभियानमा सहयोग गरिदिनु हुन पहल गर्नु भएको थियो ।
जसमा जापान भरि बाट संघ संस्था तथा व्यवसायिक सामाजिक व्यक्तित्व लगाएत धेरै जनाले सहयोग गर्नु भएको थियो । नेपाल कल्याण समाज जापानको उपाध्यक्ष अभियान संयोजक शर्माले अभियानमा सबै नेपाली माझ तन मन बाट सहयोग गरि सिर्जना खड्काको उपचारको लागी लाग्ने १ करोड भन्दा बढि उपचार खर्चलाई मध्य नजर गदै उपचारको लागी सबैले सहयोग गर्ने पनि पहल भएको अभियानका संयोजक शर्माले बताउनु भएको छ ।
दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. २ झुले घर भई हाल ओसाकामा बस्दै आइरहेकी सृजना खड्का कार्कीलाई सन् २०२१ को मार्चमा बिरामी भई जाँच गराउदा प्यान्क्रियाटिक/अनाशयीको न्युरोईन्डोक्राइन क्यान्सर भएको र उपाचारार्थ जापान इन्स्युरेन्स कभर नहुने हुदा एक डोजको लागि ३०० मान येन लाग्ने तथा टोटल चार डोजमा उपचार गर्नु पर्ने भएकोले कुल १ हजार २०० मान येन लाग्ने स्वयम् विरामीबाट जानकारी आएको छ । यत्रो ठुलो रकम आफैले व्यबस्था गर्न असमर्थ भएको र पहल गरिदिनुहुन गरिएको अनुरोधलाई आत्मसाथ गर्दै अभियानले सहयोग मार्फत कार्कीको जीवन बचाउन लागेको हो ।
नेपाल कल्याण समाज जापानबाट यो अभियान शुरु गरिएको थियो । सहयोगी मनहरूले अभियानमा आफुले सक्ने सहयोग गरी सृजना खड्का कार्कीको उपाचार्थ सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ । नेपाल कल्याण समाज र समाजसेवी विष्णु शर्मा को संयोजकत्वमा चार लाख साठ्ठी हजार आठ सय चौवालीस जापानी ऐन सहयोग रकम पिडितलाई हस्तातरण गरिएको छ । संस्थागत अभियानलाई अन्त्य गरेतापनि यस ब्यक्तिगत अभियानलाई निरंतरता दिने संयोजक शर्माको प्रतिवद्धता छ । संस्थागत सहयोग नगरेका बाकी ब्यक्तीगत रुपमा सहयोग गर्न चाहाने सहयोगीहरुले अभियान अन्र्तगत सहयोग गर्न सकिने बताईएको छ ।
Facebook Comments