गुणस्तर अभाबले नयाँ बनेको कालोपत्रे सडकमा भ्वाङ
बर्दिया, २० साउन । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।
![]()
बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाहुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने छोटो दुरीको नव निर्मित कालोपत्रे सडक प्राविधिक गडवडीका कारण भ्वाङ परेको छ । गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति सडकखण्ड अन्र्तगत कृषि विकास वैंकतर्फ मोडिने चोकमा कालो पत्रे सडक भत्किएर ग्रावेल निस्किएको छ । सडक त्यस्तो अवस्थामा हुँदा समेत सम्वन्धित निकायले उक्त सडक मर्मतको लागि कुनै पहल नगर्दा स्थानिय यात्रु लगायत सवारी चालकहरु मारमा परेका छन् । सो सडकखण्ड विद्यालय क्षेत्र भएकाले पनि विद्यार्थीहरुको भिडभाड रहने हुँदा चुनौतीपूर्ण छ ।
र्दुघटनाको जोखिम रहेको उक्त चोकमा सडक विग्रिएपछि थप जोखिम बनेको छ । सडक निर्माणमा गुणस्तरियता मेन्टन गर्न नसक्दा छोटो समयमै सडक भत्किएको स्थानियको अनुमान छ । रातो कितावमा परेको उक्त सडक समयमै निर्माण सम्पन्न भएपनि गुणस्तरियताको अभावमा छोटो समयमै भत्किनु नागरिकको र्दुभाग्य हो । सम्वन्धित निकायले ध्यान दिई समयमै गुणस्तरयुक्त मर्मत सम्भार गर्नु आवस्यक देखिन्छ । त्यसतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।
२९ °C काठमाडौं
Facebook Comments