• ३० असोज २०८३, शुक्रवार
  • १६ °C काठमाडौं
'दुःखको सहयात्री करोडौंको पन्टुन पुल अलपत्र'

बर्दिया, ७ साउन । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

                                                                                                                                                                  

पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने गेरुवा (कर्णाली) नदीमा पक्की पुल नबन्दा चिन सरकारको सहयोगमा हिउँदका बेला नदी वारपार गर्न राखिएको दुःखको सहयात्री पन्टुन पुल अलपत्र परेको छ । नेपालकै लामो पक्की पुल निर्माण सम्पन्न भैसकेपछि उक्त ड्रम (पन्टुन) पुल विस्थापन गरिएको थियो । पुल नजिकै रहेको पन्टुनको कार्यालयमा पुल अलपत्र अवस्थामा थन्किएको छ । फलामको पुल प्रयोगमा नआएपछि पुलमा खिया लागेर मक्किएको छ । करोडौ रुपैया लागत रहेको सहयोग प्राप्त उक्त पुलले यतिखेर अभिभावक गुमाएको अवस्था छ । बर्दियाकै कतिपय घाटहरुमा पुल नहुँदा डुँगा तर्नुपर्ने अवस्था छ । बबई जब्दीघाट पुल भत्किएपछि काठको पुलमा कुखुराको ३ रुपैया मुल्य तिरेर तार्नु पर्ने अवस्था छ । तर चिनले उपहार दिएको पुल रोईरहेको छ । जब्दीघाटमा सर्वे गरी नयाँ पुल निर्माण नहुँदा सम्म हिउँदमा पन्टुल पुल प्रयोगमा ल्याउन सके गुलरिया र बारबर्दियाका नागरिकलाई राहत मिल्ने थियो । यसतर्फ समयमै सम्वन्धित निकायको ध्यान जाओस् ।

सम्बन्धित समाचार

Facebook Comments