कविता शिर्षक : संसार
अनुप अधिकारी, बर्दिया ।
कविता शिर्षक : संसार
दुर्घन्धित हिलोको बिचमा, कमलले बास्ना छरेको देखेँ
पाहुनाको स्वागत प्रेमको प्रस्ताब, प्लास्टिकको फूलले गरेको देखें
छंग–छंग बग्ने खोला हरुमा, बगरमा माछा मरेको देखें
निसास्सिने भाँडो भित्र, पानीमा माछा भरेको देखें
करोडौको महललाइ च्यापी, भोलिको त्रासमा बाँचेको देखें
सिस्नुको झोल खाएर पनि, मनखोली सबै हाँसेको देखें
झलमल शहर भित्र, अँध्यारै अँध्यारो मुहार देखें
अभाब नै अभाबको झुपडीमा, आफ्नोपनको गुहार देखें
टालिएका बस्त्रमा लिप्टि चुहिएका छानो भित्र, सन्तुष्ट अनुहार देखें
मुटुहरु पबित्र महलहरुले सजीएको झलमल्ल शहर भित्र, भिड हरुमा एक्लोपन देखें संसार भर
नमुना माबि ढोढरी, कक्षा १०, मधुवन नगरपालिका ४, बर्दिया ।
२२ °C काठमाडौं
Facebook Comments