• ३ वैशाख २०८३, बिहिवार
  • २२ °C काठमाडौं
मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

मस्को, ९ चैत । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् ।

सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो।

सो हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाईएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाईएको छ। 

सम्बन्धित समाचार

Facebook Comments