प्रधानमन्त्रीलाई स्थानिय मिडिया संचालकहरुको ज्ञापनपत्र
चुरेकुञ्ज, गुलरिया । बर्दियामा संचालनमा रहेका स्थानिय मिडियाका संचालकहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानिय सरकारले स्थानिय मिडिया प्रर्बद्धनमा प्रभावकारी ध्यान नदिएकोभन्दै मिडिया बिकास प्रतिको सोच बदल्न ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेस कोषाध्यक्ष यमनाथ घिमिरेको नेतृत्वमा रहेका १ दर्जन स्थानिय मिडिया संचालकहरु सम्मिलित स्थानिय मिडिया बचाउ अभियान बर्दियाको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल समक्ष बर्दियामा संचालित स्थानिय मिडिया धराशायीउन्मुख बन्दै गएको जानकारी गराएका छन् । मिडियाको प्रर्बद्धनको लागि स्थानिय क्षेत्रमा कुनै योजना नहुँदा धेरै मिडिया हाउसहरु बन्द हुनुका साथै अनियमित भैरहेको ज्ञापन पत्रमा उल्लेख छ । बर्दियामा ४४ वटा पत्रपत्रिका ७ वटा एफएम रेडीयो र ७ वटा अनलाईलाईन मिडियाले संचालनको अनुमति लिएपनि १५ वटा पत्रपत्रीका कठिनाई ब्यहोर्दै संचालनमा छन् । यस्तै अवस्था रहीरहे स्थानिय मिडिया हाउसहरु बन्द हुने अवस्थामा छन् ।
जिल्लामा ठूला उद्योगधन्दा, कलकारखाना नभई प्रकाशन प्रशारणलाई आर्थिक समस्या परेका बेला स्थानिय संचारमाध्यमको संरक्षण र प्रर्बद्धनमा स्थानिय सरकारले प्रभावकारी ध्यान नदिएको एक दर्जन स्थानिय मिडिया संचालकहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ । स्थानिय सरकारले दायित्व सम्झेर मिडियाको संरक्षण, बिकास र विस्तारमा ध्यान दिन आग्रहगर्दै पालिकाको कार्यक्रम बजेटमा स्थानिय संचारमाध्यमको प्रर्बद्धनका लागि ठोस निति अवलम्बन गर्न ज्ञापन पत्र मार्फत जोडदार माग गरिएको छ । ज्ञापन पत्रको बोधार्थ स्थानिय पालिकाहरु, नेपाल पत्रकार महासंघ, सूचना तथा प्रविधि मन्त्रालय, हुलाक, प्रेस काउन्सिल नेपाल लगायत मुख्यमन्त्रीको कार्यालयमा समेत दिईएको ज्ञापनपत्रमा जनाईएको छ ।
२३ °C काठमाडौं
Facebook Comments