बर्दियाको विकासका लागि गम्भीर हुन प्रधानमन्त्री दाहालको निर्देशन
बर्दिया, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बर्दियाको विकासका लागि सम्बन्धित निकायलाई गम्भीर हुन निर्देशन दिनु भएको छ । बर्दियाका नेता, जनप्रतिनिधि तथा शेयर किसानहरुको संयुक्त टोलीसंग शनिवार बर्दियाकै सवालमा छलफल गर्ने क्रममा सम्बन्धित निकायमा निर्देशन दिनु भएको हो ।
बर्दियाको कुम्भर कपास फारमका शेयर किसानहरुको समस्याको समाधान, मध्यवर्ती क्षेत्रमा रहेका भुमीहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या, राष्ट्रिय आवास कम्पनीमा रहेको टिसियन फाँटाका सुकुम्बासीहरुको समस्या, गुलरिया र बारबर्दियालाई जोड्ने बबई नदिको जब्दी घाटमा भत्कीएको जब्दीपुल, बर्दिया तेलपानी सुर्खेत सडक, बारबर्दिया नगरपालिका वडा नम्बर १ र ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ लाई जोड्ने बबई नदिको चन्दनघाट पुल, कर्णाली बबई नदिले कटान गरेको किसानहरुको जग्गा उकास गरि किसानहरुका लागि खेती योग्य बनाउने लगायतका सवालमा छलफल गरिएको छ ।
२०७१ र ०७४ का बाढी पीडितहरुले पाउनुपर्ने राहत रोकिएको सम्बन्धमा, बर्दियामा सिकलसेल अस्पताल स्थापना र विरामीले खाने औषधी स्वास्थ्य विमामा राख्नुपर्ने लगायतका बिषयमा प्रधानमन्त्रीले चाँसो राखेर छलफल गर्नु भएको छ । प्रधानमन्त्री दाहालले बर्दियाको समस्या समाधानका लागि आफु गम्भीर रहेको र तत्काल प्रक्रियामा लैजाने प्रतिबद्धता जनाउनु भयो । छलफलमा शेयर किसान, राष्ट्रिय आवास टिसियन फाँटा सानोश्रीका सुकुम्बासी, माओवादी केन्द्र बर्दिया जिल्लाका नेताहरू, राजापुर, बांसगढी, बारबर्दिया र बढैयाताल लगायत स्थानीय सरकारका प्रमुखहरु, राष्ट्रिय भुमी आयोगका पदाधिकारीहरु, अखिल नेपाल सुकुम्बासी संघका पदाधिकारीहरु लगायत छलफलमा सहभागी थिए ।
माओबादी केन्द्रका नेता तथा बर्दिया इन्चार्ज सन्तकुमार थारुको नेतृत्वमा बर्दियाबाट गएको टोलीको बैठक आयोजना र समन्वय माओवादी केन्द्रका युवा नेता बारबर्दियाका संस्थापक नगरप्रमुख दुर्गाबहादुर थारु (कविर) ले गर्नु भएको हो । उक्त बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार दिउसो साढे १२ बजे बस्ने समय तालिका रहेकोमा विविध कारणले समय सारेर शनिवार बिहान ८ बजे बालुवाटारमा बसेको जनाईएको छ ।
२२ °C काठमाडौं
Facebook Comments