प्रधानमन्त्री दाहालसँग बर्दियाका सवालमा शुक्रवार छलफल गरिँदै
बर्दिया, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) सँग बर्दिया जिल्लाको विकास र अल्झेका समस्या समाधानको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दियाका नेता, जनप्रतिनिधि तथा शेयर किसानहरुको संयुक्त टोलीले बैठक बसी छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो साढे १२ बजे बैठक बस्ने समय तालिका तय भएको माओबादी केन्द्रका नेता तथा बारबर्दिया नगरपालिकाका पुर्व नगरप्रमुख दुर्गाबहादुर थारु (कविर) ले जानकारी दिए ।
बर्दियाका माओबादी केन्द्र नेता, जनप्रतिनिधि, शेयर किसान, राष्ट्रिय आवास कम्पनीमा रहेको टिसियन फाँटाका सुकुम्बासी प्रतिनिधि लगाएतको संयुक्त टोली बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । बर्दियाको कुम्भर कपास फारमका शेयर किसानहरुको माग सम्बन्धमा, मध्यवर्ती क्षेत्रमा रहेका भुमीहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या सम्बन्धमा, राष्ट्रिय आवास कम्पनीमा रहेको टिसियन फाँटाका सुकुम्बासीहरुको समस्या, गुलरिया र बारबर्दियालाई जोड्ने बबई नदिमा भत्कीएको जब्दी पुल, बारबर्दिया नगरपालिका वडा नम्बर १ र ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ लाई जोड्ने बबई नदिको चन्दनघाट पुल, कर्णाली बबई नदिले कटान गरेको किसानहरुको जग्गा उकास गरि किसानहरुका लागि खेती योग्य बनाउने लगायतका विषयमा छलफल गरिने कविरले जानकारी दिए ।
त्यस्तै २०७१ र ०७४ का बाढी पीडितहरुले पाउनु पर्ने राहत रोकिएको सम्बन्धमा, बर्दियामा सिकलसेल अस्पताला स्थापना र विरामीले खाने औषधी स्वास्थ्य विमामा राख्नुपर्ने लगाउतका बिषयमा छलफल गर्ने एजेन्डा तय भएको माओबादी केन्द्रका नेता तथा बर्दिया इन्चार्ज सन्तकुमार थारुले जानकारी गराएका छन् । बर्दिया जिल्लाका धेरै समस्याहरु समाधान नेपाल सरकारले गर्नुपर्ने रहेकोले जोडदारका साथ कार्यान्वयन गराउनतर्फ छलफल केन्द्रित हुने बैठकमा सहभागी प्रतिनिधिहरुको भनाई छ ।
२० °C काठमाडौं
Facebook Comments