समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञवाली
काठमाडौं, २७ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवलीले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्दन सरकार रहेको आरोप लगाएका छन्। कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेनशको काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञावलीले सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको अरोप लगाए।
‘चालु आर्थिक वर्षको श्रवाणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवान थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकलिसकेको छ। आर्थिक, कुटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्नेदेखि बहुआयामीक क्षेत्रमा गठबन्दन सरकार असफल बन्दै गएको छ,’ उनले थपे, ‘यसरी फेरी पनि प्रचण्डजी कुर्सीमा टाँसिएरमात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धी देखिँदैन।’
अहिलेको सरकारले कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुईवटा शब्द थप्ने बाहेक अरु केही उपलब्धी हाँसिल नभएको उनले बताए। प्राकृतीक सम्पदाको खानीका रूपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने भन्ने बहस गर्नुपर्ने बेला आएको उनले बताए। नेता ज्ञवलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बढाउने काम भएको जानकारी दिए।
‘जलस्रोतको अपार जलभण्डारको रुपमा रहेको कर्णालीको अपार कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहुँदै, परियोजनाको एउटा चपरी पनि नउठाउँदै प्रधानमन्त्री प्रचण्डाले आफ्नो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाउनु भएको छ। कर्णालीलाई कसरीमाथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन। त्यसैले पनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन्,’ उपमहासचिव ज्ञवलीले भने। कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यद्धय मोहन बानियाँ, भैरेवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल कल्पना थापालगायतका नेताहरूले संवोधन गरेका थिए।
२० °C काठमाडौं
Facebook Comments