अब २१ औं शताब्दीको आधारभुत आवस्यकता पूरा गर्नुपर्छ : पोलिटब्युरो सदस्य आधार सी
बर्दिया, २० माघ । राज्यले गास, बास, कपास मात्र नभै २१ औं शताब्दीको जनताका आधारभुत आवस्यकता पूरा गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य आधार सीले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पूर्वी बर्दियाले आयोजना गरेको वर्तमान परिस्थिती र नेपाली विशेषताको समाजवाद विषय बृहत अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथी आधारसीले जनताको आधारभुत आवस्यकता भित्र यातायात, सूचना संचार, मनोरञ्जनसँगै भ्रमण पनि २१ औं शताब्दीको आधारभुत अधिकार भएको औल्याउनु भयो ।
नेपालको संघीयता संघियतानै नभएको बताउँदै समाजवादको विषयमा मन्थन गर्नुपर्ने बेला आएको प्रष्ट्याउनु भयो । देशमा भ्रष्टाचार र दलालहरुलाई उम्काउने र जनतालाई शोषण गर्ने अधिनायकवाद लादिएको उहाँको भनाई छ । मानिसहरुलाई राजनिति दृष्टिले हेरिने परिपाटीको अन्त्यगर्दै मानवको दृष्टिले हेर्नुपर्ने उहाँको जिकिर थियो । नेपालको वैदेशिक कुटनितिक नितिलाई सच्चाउँनु पर्नेमा जोड दिँदै नेपालका पूर्वजहरुले गरेको राम्रा कुराहरुलाई राज्यले अनुशरणगर्दै प्रेरणाका रुपमा लिनुपर्ने नेता सीको सुझाव छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् बर्दिया ईन्चार्ज हिमशिखर सीले नेपाली विशेषताको समाजवादबारे सचेत पार्न जिल्लाका नगरपालिका लगायत गाउँपालिकाहरुमा बृहत अन्र्तक्रिया कार्यक्रम गर्ने बताउनु भएको छ । पार्टीले आयोजना गरेका कार्यक्रममा निमन्त्रणा गरिएका ब्यक्तित्वहरुलाई सहभागी भैदिन उहाँको आग्रह छ । कार्यक्रम जिल्ला, पालिका हुँदै विस्तारै केन्द्रिय स्तरमा समेत गरिने उहाँले दोहोर्याउनु भयो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेकपा एसका नेता प्रताप कुमार गौतमले विपीको समाजबाद स्मरण गराउँदै पार्टीका सिद्धान्तमा भएका समाजवादलाई लागु गर्न नसक्दा समाजवादले फरक मोड लिएको औल्याउनु भयो ।
बबई बहुमुखी क्याम्पस समाजशास्त्रका प्राध्यापक प्रेम अधिकारीले नेपालमा समाजवादको मोडल डगमगाउँदै गैरहेको तर्फ सचेत पार्दै बेलैमा सोच्न सुझाव दिनुभएको छ । अन्र्तक्रिया कार्यक्रममा नेकपा एसकी नेतृ कमला घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, बर्दिया जिल्ला अदालत बार एशोसिएसनका सचिव बर्दिया जिल्ला अदालत बार एशोसिएसनका सचिव दिवाकर खनाल लगायतले नेपाली विशेषताको समाजवादका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम हरि प्याकुरेल सीले संचालन गर्नुभएको हो ।
१९ °C काठमाडौं
Facebook Comments