• २९ साउन २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
जन्मोत्सवका अवसरमा कारागारमा सामाग्री 

मुरली गोडिया, २९ साउन, गुलरिया (बर्दिया) । जन्मोत्सवको अवसरमा बर्दिया कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको छ । विश्व हिन्दू परिषद् नेपाल बर्दियाका अध्यक्ष दीपक श्रीवास्तवको जन्मदिनको उपलक्ष्यमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

अध्यक्ष श्रीवास्तवका सहयोगीहरूको सहकार्यमा बर्दिया कारागारमा रहेका व्यक्तिहरूको उपयोगका लागि धार्मिक पुस्तक, पुस्तक राख्ने ¥याक, घडी लगायतका आवश्यक सामाग्रीहरू प्रदान गरिएको छ । त्यस्तै सोही अवसरमा कावँरियाहरुलाई पानी र बिस्कुट बितरण गरिएको अध्यक्ष श्रीवास्तवले जानकारी दिनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments