बढैयातालको ७ नम्बर बन्यो जिल्लाकै पहिलो पढाइ कुना युक्त वडा
दलबहादुर सुनार, ३० जेठ, बढैयाताल -बर्दिया) । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ जिल्लाकै पहिलो …पढाइ कुना युक्त वडाÚ घोषणा भएको छ । …एक घर, एक पढाइ कुनाÚ अभियानको मापदण्ड पूरा गरेकोले गाउँपालिकाले वडालाई औपचारिक रूपमा पढाइ कुना सुनिश्चित भएको वडा घोषणा गरेको छ ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले æहाम्रो वडाका घर–घरमा पढाइ कुना, बालबालिकाको शिक्षामा दोब्बर सुधारÆ भन्ने मूल नाराका साथ भएको पढाइ युक्त वडा घोषणा कार्यक्रममा ७ का वडा अध्यक्ष राधेश्याम थारुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा बढैयाताल गाउँपालिका–७ नं वडा कार्यालयको समन्वयमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित शक्त बालिका परियोजना अन्तर्गत अभियान सञ्चालन गरिएको छ ।
परियोजनाले कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकाका घरमा पढाइ कुना स्थापना गर्ने उद्देश्य राखेको छ । अभियान अन्तर्गत ५९३ घरमध्ये ५०९ घर -८७ प्रतिशत) मा पढाइ कुना स्थापना भएको परियोजना अधिकृत विजय शर्माले जानकारी दिनुभयो । कार्यक्रममा क्लबका उप–कार्यकारी निर्देशक गोविन्द लामिछानेले परियोजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै बालबालिकाको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँका अनुसार अभिभावक शिक्षा कार्यक्रमसँगै …एक घर, एक पढाइ कुनाÚ अभियानलाई सफल बनाउँदै सबै चरण पूरा भएपछि वडा घोषणा गरिएको हो । पछिल्ला तीन वर्षदेखि बढैयाताल गाउँपालिकामा सञ्चालन भइरहेको सशक्त बालिका परियोजनाले बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि, अध्ययन उपलब्धिमा सुधार तथा अभिभावकको भूमिकालाई सशक्त बनाउने लक्ष्य लिएको छ । परियोजनाले शिक्षा, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, विपद् जोखिम व्यवस्थापन लगायतका विषयमा समेत काम गर्दै आएको छ ।
उप–कार्यकारी निर्देशक लामिछानेका अनुसार परियोजना सञ्चालन भएका वडा नं. १, ३, ७, ८ र ९ मा बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउन अभिभावक शिक्षा, बाल क्लब, किशोर–किशोरी क्लब, शिक्षक तथा समुदायको सक्रियतामा घरदैलो अभियान सञ्चालन गरिएको थियो। बालबालिकामा नियमित पढ्ने बानी विकास गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो ।
जेष्ठ २५ गते सोमबार वडा कार्यालय परिसरमा आयोजित घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार विनय लामा, युवक आधारभूत विद्यालयका प्रधानाध्यापक राजेश्वर थापा, समाजसेवी बालकृष्ण आचार्य, पोष्टबहादुर रानाभाट, किशोरी क्लबकी उपाध्यक्ष मिनाश्री सुनार तथा अभिभावक सिन्दु सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा पढाइ कुना अभियान सफल बनाउन योगदान पु¥याउने ने.रा. मा.वि. पडेरिया, युवक आधारभूत विद्यालय बोकटिया, मुक्त कमैया आधारभूत विद्यालय जनतानगर, भगवती संस्कृत तथा साधारण मा.वि. तिलकाना र रिभर क्विन्स विद्यालयलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको वडा सचिव रणबहादुर रावतले जानकारी दिनुभयो ।
वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेल, वडा नं. ९ का अध्यक्ष वीरबहादुर थारु, इलाका प्रहरी कार्यालयका प्रमुख अच्युत गिरी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको परियोजनाका फिल्ड सुपरभाइजर रामबहादुर थारुले जानकारी दिनुभयो ।
२३ °C काठमाडौं
Facebook Comments