• ३० जेठ २०८३, शनिवार
  • १९ °C काठमाडौं
आगलागी भएको ग्याँस सिलिण्डर नियन्त्रण बारे अभ्यास

दल बहादुर सुनार, २९ जेठ, बढैयाताल (बर्दिया) । विपद् व्यवस्थापन तथा विपद्बाट जोगिने उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बढैयाताल गाउँपालिकामा सचेतनामूलक नमूना अभ्यास सम्पन्न गरिएको छ । पालिकामा आयोजित पूर्वानुमानमा आधारित तालिमको समापनमा अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा बल बढैयाताल–२ जमुनीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर थापासहितका प्राविधिक टोलीले ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई अचानक आगलागी भएमा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरेका थिए । सशस्त्र प्रहरी सीमा सुरक्षा बल -बीओपी) कन्ठपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र पालको कमान्डमा खटिएको प्राविधिक टोलीले उक्त नमूना अभ्यास सञ्चालन गरेको हो ।

विपद् व्यवस्थापन समितिका फोकल पर्सन रमेश पौडेलका अनुसार सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा विपत बाट जोगिने उपायबारे जानकारीमूलक नमूना अभ्यास प्रदर्शन गरिएको हो । पालिकाको आयोजना, बी–ग्रुप तथा सामुदायिक प्रहरीको समन्वय र सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा मैनापोखरको दुई स्थान र जय कालिका मा.बि. मुनालवस्तिमा गरि तिन स्थानमा नमुना अभ्यास गरिएको बिग्रुप कि फिल्ड सुपर भाइजर बिनिता परियारले बताउनु भयो ।

कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक अच्युत गिरी, बि.ओ.पि. कन्ठपुर मातहतका सशस्त्र  प्रहरी पोष्ट जमुनी, फुटाहा, सानोडाफे र मानखोला पोष्ट्का इन्चार्ज सहितका सुरक्षाकर्मी, विभिन्न शाखाका प्रमुखहरू तथा स्थानीय नागरिकहरूको सहभागीता रहेको थियो । बढैयाताल गाउँपालिकाको आयोजनामा बि ग्रुप नेपालको समन्वयमा र प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियाको बढैयातालमा २७ देखि २९ सम्म पूर्वानुमानमा आधारित पूर्वकार्य एवं कार्यढाँचा निर्माण सम्बन्धी तीन दिने तालिम सकिएको छ । 

सम्बन्धित समाचार

Facebook Comments