औद्योगिक योजना नेता तथा पार्टीमुखी बन्दा उद्योगधन्दा टिक्दैनन : संसद खान (भिडियो)
चुरेकुञ्ज, २१ साउन, बर्दिया । नेपालमा निर्माण गरिने औद्योगिक योजना नेता तथा पार्टीमुखी र दलका कार्यकर्ता भर्तीकेन्द्रका रुपमा बनाईने भएकाले दीगो उद्योगधन्दा नटिक्ने संघीय संसद, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवम् जनमत पार्टीका नेता अब्दुल खानले बताउनु भएको छ ।
चुरेकुञ्जको स्तम्भ जनतासँग जनप्रतिनिधि कार्यक्रममा चुरेकुञ्जका प्रमुख सम्बाददाता मुरली गोडियासँगको अन्र्तबार्ताका क्रममा नेता खानले उद्योग धन्दा सम्बन्धी योजना बाँडिने र बढी राजनितिकरण हुने भएकाले नेपालमा लामो समय सम्म उद्योग धन्दा नटिक्ने जिकिर गर्नुभयो । देशको आर्थिक निति पनि उद्योगधन्दा मैत्री नभएको भन्दै निजी क्षेत्रबाट लगानी लगाउन सक्ने किसिमका औद्योगिक तथा आर्थिक निति ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले सरकार ठूला ठूला उद्योगधन्दाको पछि लागेको बताउँदै नेपालमा कृषि, पर्यटन जस्ता कुटिर उद्योग नै स्थायी हुनेमा विस्वास दिलाउनु भयो ।
सभापति खानले शिक्षा, स्वास्थ्य र रोजगार मार्फत समृद्ध बर्दिया बनाउने आफ्नो संकल्प भएकोले लागी परेको बताउनु भयो । जिल्लामा सीमानाका, भन्सार खोल्दै पहाडी मार्गसँग जोड्न सके समृद्धि नजिकै रहेकोभन्दै सबै मिलेर अघि बढे त्यो सम्भव रहेको उहाँको भनाई छ । निर्वाचनको बेला भोट माग्दाको घोषणा पत्र अनुसार काम गरिरहेको बताउँदै खानले भ्रष्टाचार नियन्त्रण, सुशासन, कार्यालयमा जनता ठग्दै अपमान गर्ने प्रबृत्ति रोक्न लागि परेको प्रष्ट्याउनु भयो । सडक, सडन र सरकारबाट जनताका आवाजहरु उठाई रहेको उहाँको जिकिर छ ।
जनताको माग अनुसारको काम गर्न नसकेपनि राम्रो काम गरेको दावीगर्दै संसद खानले राम्रो कामको विस्वास नभए सार्वजनिक सुनुवाई गर्न चुनौती दिनु भएको छ । आफूले राम्रो काम गरेको नदेखिए तत्काल पार्टी छाडीदिने विस्वास दिलाउँदै मधेसी समुदायको मनोबल घट्दै गैरहेको प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो, मधेसी समुदायमा राजनितिक, समाजिक तथा शैक्षिक जागृतिको अभियान शुरु गरेका छौं । खानले स्नातक पास गरेका मधेसी समुदायका युवाहरुको वायोडाटा पार्टीको सचिवालयमा वुझाउन आग्रह गर्नु भएको छ । शिक्षामा कापी कलम समेत किन्न नसक्ने मधेसी समुदायले सम्पर्क गर्न उहाँको अनुरोध छ ।
(भिडियो) : https://www.facebook.com/Churekunja/videos/511371464720911
२५ °C काठमाडौं
Facebook Comments