• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
बर्दिया र बाँकेका क्याम्पसमा बृक्षारोपणसँगै सरसफाई

चुरेकुञ्ज, १५ जेठ, बर्दिया । शिक्षालय सुधार तथा संगठन विस्तार अभियान अन्र्तगत अखिल (समाजवादी) ले बर्दिया र बाँकेका क्याम्पसमा सरसफाई तथा बृक्षारोपण गरेको छ । चुरे क्याम्पस बर्दिया र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा कार्यक्रम गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज रक्तिम सी र हिमशिखर सीको प्रमुख आतिथ्यतामा र अखिल (समाजवादी ) बाँके बर्दिया जिल्ला इन्चार्ज हरि सी महेन्द्र बहुमुखी क्याम्पस चिफ लाल मनि आचार्य, चुरेका सहायक क्याम्पस प्रमुख असिम पौडेल कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । 

त्यस्तै बाँके संगठनका केन्द्रिय सदस्य सागर सी, अशोक सी, सुरेन्द्र सी र बर्दिया कोपिला सी, संगिता सी, चुरे क्याम्पस स्ववियु सभापति बिश्वास शाह लगायत विद्यार्थीहरुको सहभागितामा महेन्द्र क्याम्पस नेपालगन्जमा सरसफाइ र चुरे क्याम्पस बर्दियामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रमका गरिएको छ । कार्यक्रमका सहभागीहरुलाई विद्यार्थी र स्ववियु चुरे क्याम्पस परिवारले मायाको चिनो प्रदान गरेको थियो । 

सम्बन्धित समाचार

Facebook Comments