कार्यदलको बैठकमा सहमति जुटेन
काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए ।
परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए । त्यस्तै रास्वपाका सांसद शिशिर खनालले सबै आ-आफ्नो अडानमा रहेको बताउदै समिति बनाउदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफुहरुले धारणा राखेको बताए ।
२६ °C काठमाडौं
Facebook Comments