नेकपा एमाले बर्दियाको अधिवेशनको तयारी पूरा
चुरेकुञ्ज, १७ वैशाख, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि बर्दियाको मंगलवारदेखि १० औं जिल्ला अधिवेशन हुँदैछ । सोमवार पार्टीले पत्रकार सम्मेलनगर्दैै अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटि बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले पार्टी अध्यक्ष एवम् पूर्व मन्त्री केपी शर्मा ओलीले अधिवेशन समुद्घाटन गर्ने कार्यक्रम रहेको बताउनु भएको छ । अधिवेशन स्थान बर्दियाको गुलरिया स्थित कृष्णसार रिसोर्टमा तोकिएको छ ।
जिल्ला भरीबाट ३ सय ६४ जना प्रतिनिधि रहेको अधिवेशनमा करिव ३ हजार जना नेता तथा कार्यकर्ता सहभागी हुने आँकलन गरिएको उहाँको भनाई छ । उद्घाटन शत्रको छलफल समापन पश्चात बुधवार जिल्ला कमिटि निर्वाचन प्रकृयामा जाने बताईएको छ । अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष लालबहादुर थापा र वर्तमान उपाध्यक्ष शालिकराम अधिकारी दुवैको दावी रहेको छ । श्रेष्ठ बढैयाताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अधिकारी बाँसगढी नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।
नेकपा एमाले जिल्ला कार्यसमितिको चयन सकभर सर्वसम्मत तरिकाले गर्ने यदि त्यसो हुन नसके लोकतान्त्रिक प्रकृयाबाट भएपनि सम्पन्न गरिने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा वताउनु भएको छ । पत्रकारले राखेको जिज्ञासा उपर श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष शालीकराम अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
२७ °C काठमाडौं
Facebook Comments