• ९ वैशाख २०८३, बुधवार
  • ३० °C काठमाडौं
बर्दियामा राप्रपाद्वारा राँके जुलुशगर्दै गृहमन्त्रीको राजीनामा माग

मुरली गोडिया, १५ वैशाख, बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाका संस्थापक एवम् मधुबन नगर कमिटी अध्यक्ष एवम् राप्रपाका नेता स्वर्गीय ठाकुर प्रसाद डागीलाई सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ । शुक्रबार साँझ बर्दियाको गुलरियामा निकालिएको बिरोध राँके जुलुशमा सोमाग गरिएको हो । 

राप्रपा केन्द्रिय समितिको आह्वानमा गएको चैत २७ गते काठमाण्डौंमा गरिएको अन्दोलनका क्रममा बर्दियाका डागीको ज्यान गएको थियो । शान्तिपूर्ण आन्दोलनमा सरकारको निन्दनीय दमनबाट घाइते भइ मृत्यु भएका ठाकुर प्रसाद डाँगीलाई सहिद घोषणा गर्नु पर्ने, नेपाल हिन्दु रास्ट्र हुनु पर्ने, गृहमन्त्रीले राजिनामा दिनुपर्ने लगायतका नारा लगाउदै गुलरिया बजारमा राँको बाली बिरोध गरिएको राष्ट्रिय प्रजातान्त्रिक युबा संगठन बर्दियाका अध्यक्ष सर्दिप ढुंगानाले जानकारी गराउनु भयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाले आयोजना गरेको बिरोध कार्यक्रमलाई समापन गर्दै राप्रपा बर्दियाका अध्यक्ष भिम बहादुर बोहराले हाम्रा मागहरु बेवास्ता गरे आगामी दिन थप आन्दोलनका कार्यक्रम गरिने बताउनु भयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राप्रपाकी केन्द्रिय सदस्य गिता बस्नेत, नगर कमिति अध्यक्षहरु, भातृ संगठनका अध्यक्षहरु लगायत नेताहरु सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments