ब्राउन सुगरसहित मधुवनका ५ जना पक्राउ
बर्दिया । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित मधुवन नगरपालिकाका ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नं. ६ का गणेश ओली, वडा नं. ५ का माधव भण्डारी, वडा नं. ७ का सन्दीप नेपाली तथा १६ वर्षीय र १८ वर्षीय किशोर रहेका छन् ।
जिल्लाको मधुवन नगरपालिका वडा नं. ६ बाट लागुऔषध ब्राउन सुगर सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रिय बुलेटिन मार्फत जनाईएको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट गएको गस्ती टोलीले सन्दीपको साथबाट ४० मिलिग्राम, माधवबाट ३० मिलिग्राम, गणेशबाट २ सय मिलिग्राम र २४ हजार ४ सय २६ रुपैयाँ नगद तथा दुबै किशोरको साथबाट ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments