अब आदीवासी जनजाती संगठित हुने बेला आयो : नेपाली काँग्रेस बर्दिया सचिव पाण्डे
बर्दिया, २१ चैत । नेपाली कांग्रेस बर्दिया जिल्ला सचीव जग्गा प्रसाद पाण्डेले आदिवासी जनजातिहरु संगठित हुने बेला आएको बताउनु भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मधुवन नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधनगर्दै कार्यक्रमका प्रमुख पाण्डेले सोकुरा बताउनु भएको हो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नेपाली कांग्रेस पार्टीको भातृसंगठन भएको जनाउँदै आदिवासी जनजातिहरुको माग, मुद्दाहरु सुरक्षीत र सम्बोधन नेपाली कांग्रेस पार्टीले मात्र गर्नसक्ने उहाँको दावी छ । लोकतान्त्रिक भन्ने वित्तिकै नेपाली कांग्रेससँग जोडिन्छ । दुरदराजमा बसेका जनता सामु पुर्याउन नेपाली कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोडदिँदै ब्यक्ति केन्द्रित नभई पार्टी केन्द्रित हुन जरुरी रहेको नेता पाण्डेले औल्याउनु भयो । “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र आदिवासी एकता“ भन्ने मुलनारा सहित बुधबार सम्पन्न अधिवेशनले महासंघको नगरसमिति चयन गरेको छ ।
प्रथम अधिवेशनले सर्वसम्मतबाट मधुवन नगरसमिती चयन गरेको निर्वाचन अधिकृत धनिराम गौतमले जानकारी दिनु भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मधुवन नगर सभापतिमा सोम बहादुर तामाङ्ग उप–सभापतिद्वय सन्तराम थारु, मधु थापा मास्की सचीवद्वय टीका ठाणामगर, प्रेम बहादुर आलेमगर, सह–सचीव लाल बहादुर गुरुङ्ग, देव बहादुर गुरुङ्ग सदस्यहरुमा सुशीला चौधरी, प्रेमकला गुरुङ्ग र मनोज थारु सर्वसम्मत चयन भएका छन भने कोषाध्यक्ष नवनिर्वाचित कार्यसमितिले चयन गर्ने गौतमले बताउनुभयो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य टोप बहादुर थापा मगरले नेपालमा आदिवासी जनजातिको ३८ प्रतिशत बसोबास रहेको जनाउँदै नेपाली कांग्रेसले ढिलै भएपनी आदिवासी जनजाति महासंघ गठन गरेकोमा खुशी ब्यक्तगर्नुभयो । संख्यात्मक हिसाबले आदिवासी जनजातिहरुको कम्युनिस्टतर्फ झुकाव धेरै रहेकोले अब मधुवन नगर समितिले आदिवासी जनजातिहरुलाई चारतारे झण्डा मुनि गोलबद्धगर्दै एकजुट हुन जरुरी रहेको उहाँको भनाई छ । प्रथम नगर अधिवेशन कार्यक्रममा विशेष अतिथी नेपाली कांग्रेस जिल्ला बर्दिया सह–सचीव मेक बहादुर गुरुङ्ग अतिथीहरुमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बर्दियाका उप–सभापति सीता श्रेष्ठ, त्यस्तै महासमिति सदस्य जंग बहादुर मल्ल (जीवन), रामचन्द्र थापा, तुल्सी पुन सहभागी हुनुहुन्थ्यो ।
पुर्व महासमिति सदस्य प्रेम बहादुर गुरुङ्ग, आदिवासी जनजाति बर्दियाका वरिष्ठ उपाध्यक्ष जगत बहादुर तामाङ्ग, इकाई सभापतिहरु बालकिशुन थारु, कृष्ण परियार, टीका ठाणा मगर, विनिता चौधरी, रेशम बुढाक्षेत्री र समा बहादुर अधिकारीको सहभागीता थियो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नौ वडाका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस मधुवन नगर सभापति डम्बरबहादुर के.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधुवन नगर उप–सभापति अनिता चौधरीले स्वागत मन्तब्य गर्नुभएको थियो ।
२९ °C काठमाडौं
Facebook Comments