गुलरियाका भूमिहिनहरुको नाम आयोगमा सिफारिस
मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिकाले महत्वपुर्ण निर्णयहरु गरेको छ । कार्यपालिकाको वैठकले भूमिहिनहरुलाई जग्गाको लागि सिफारिसगर्दै विभिन्न ९ वटा महत्वपूर्ण निर्णयहरु गरेको हो ।
गुलरिया नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका सबै बडाहरु बाट प्राप्त पहिलो चरणको नामावली सहितको ५ हजार ६७ जनाको विवरणको भूमिहिन दलित, भूमिहिन सुकम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि सम्बन्धी ऐन २०२१ को दफा ५२ (ख) ४ को स्थानको जग्गा बाहेक निजहरुले जोत भोगगरी आएको कानून बमोजिम प्राप्त गर्न मिल्ने जग्गाहरुको नाप नक्सा गरि ऐन बमोजिम जग्गा उपलब्ध गराउनका लागि पहिलो चरगमा जम्मा ५ हजार ६४ जनाको नामावली सहितको विवरण प्रमाणीकरण गरी राष्ट्रिय भूमि आयोग जिल्ला समिति बर्दियामा पठाउने महत्वपूर्ण निर्णय गरेको गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकास शर्माले जानकारी दिनुभयो ।
भूमिहिन दलित, भूमिहिन सुकम्वासी र अव्यवस्थित बसोवासीहरुको लगत संकलन कार्यविधि २०७८ को दफा ६ (२) बमोजिम यस गुलरिया नगरपालिका वडा नं. १ देखि १२ सम्म बस्तीको तहगत क्षेत्र समेत तोक्ने निर्णय गरेको छ । हिन्दुहरुको महान पर्व विजयादशमीमा स्थापना गरिएका मुर्तिहरु विधिपूर्वक विर्सजन गर्न विभिन्न स्थानबाट मुक्तिनारायण भादा घाटमा लैजाने भएकाले भादाघाटमा आउजाउँ गर्ने सडक व्यवस्थापन तथा मर्मत र आवश्यकता अनुसार विजुली बत्तिको व्यवस्थापन गर्न भुक्तिनारायण भादाघाट व्यवस्थापन समितिको पत्र प्राप्त हुन आएकोले प्राविधिक शाखाको अगुवाइमा सोहि बमोजिम गर्ने निर्णय गरेको छ ।
गुलरिया नगरपालिकाको करारमा नगरप्रहरी व्यवस्थापन तथा संचालन सम्बन्धी प्रथम संशोधन कार्यविधि २०८० स्विकृत गर्ने निर्णय गरेको नगरप्रवक्ता शर्माले जानकारी गराउनु भयो । यस्तै गुलरिया नगरपालिका वडा नं. ३ का वडा सदस्य श्री दुर्गा प्रसाद अहिर गम्भिर विरामी भई ब्रेन ट्यूमरबाट पिडित हुनुभएकोले थप उपचार गर्न आर्थिक अवस्थाले धान्न नसक्ने भएकाले ३ नं. वडा कार्यालयको सिफारिस समेत प्राप्त भएकोले निज दुर्गा प्रसाद अहिरलाई थप उपचारका लागि रु. २ लाख सहयोग गर्ने निर्णय गरेको छ । गुलरिया नगरपालिका भित्र गत आर्थिक वर्षको मसान्त भित्र कार्य सम्पन्न गरी भुक्तानीका लागि निवेदन पेश हुन आएका रामघाट झोलुङ्गेपुल लगायतका आयोजनाहरुको तत्काल भुक्तानीको प्रक्रिया अगाडी वढाउने समेत निर्णय गरिएको प्रवक्ता शर्माको भनाई छ ।
२१ °C काठमाडौं
Facebook Comments