• १४ भदौ २०८३, आइतवार
  • २६ °C काठमाडौं
दशैंको पूर्वसन्ध्यामा मधुवनका बृद्धबृद्धालाई सम्मान

हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ कार्यालय बालकुमारीले ७५ बर्ष भन्दा माथीका वृद्धवृद्धाहरुलाई सम्मान तथा विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडाभित्र रहेका ७१ जना वृद्धवृद्धाहरुलाई टेक्ने लठ्ठी, टर्च लाइट र च्यावनप्रास एक÷एक थान वितरणगर्दै शुभकामना आदानप्रदान गरेको छ । 


जेष्ठ नागरिक सम्मान तथा विजया दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथीका रुपमा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट अतिथीहरुमा कार्यपालिका सदस्य राधा पौडेल, ३ नं वडा सदस्य केशव बहादुर पुन, रेणु बि.क., राम बहादुर थारु अतिथीहरुमा बि.ओ.पी. धनौराका सशस्त्र प्रहरी निरीक्षक कमल पन्थी, बि.ओ.पी. भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक काजीराम श्रेष्ठ, प्रहरी चौकी धनौराका प्रहरी सहायक निरीक्षक निरक बस्नेत लगायत राजनैतिक दलका प्रतिनिधि तथा भद्रभलादमीहरुको उपस्थिति रहेको वडा नं ३ बालकुमारीका वडा सचीव कल्याण तिमिल्सिनाले जानकारी दिनु भएको छ ।


मधुवन नगरपालिका ३ नं. वडा अध्यक्ष नारायण मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मान कार्यक्रमका लागी ३ नं. वडाले १ लाख रुपैया विनियोजन गरेको थियो । प्रमुख अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले जेष्ठ नागरिक हाम्रा सम्पत्ती भएकाले संरक्षण गर्नुपर्ने बताउनु भयो । उनीहरु हाम्रा पुर्खा हुन, हामीले उहाँहरुबाट धेरै कुरा सिक्न जरुरी छ । भाटले भन्नुभयो हाम्रो भेषभुषा, संस्कार, संस्कृति हराउदै गई रहेको छ । त्यस कारण जेष्ठ नागरिकलाई सम्मान गर्दै भावी पुस्ता वा सन्ततीलाई हस्तान्तरण गर्नु आवस्यक छ । आउँदै गरेको विजया दशमी, शुभ दिपावलीको सबैमा उहाँले शुभकामना दिनु भयो । वडा नम्बर ३ का वडा सचीव कल्याण तिमिल्सिनाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments