• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
मोनिका कर्णाली प्रदेसको एक दिवसिय सामाजिक विकास मन्त्री

हरि गुरुङ, मधुवन (बर्दिया) कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा १७ बर्षिया किशोरी एकदिने सामाजिक विकास मन्त्री बन्नु भएको छ । किशोरी सशक्तीकरणका लागी कालिकोट नरहरिनाथ वडा नम्बर ३ की मोनिका बुढालाई कर्णाली प्रदेसको एक दिने सामाजिक विकास मन्त्री बनाईएको हो ।


कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री खडक बहादुर पोखरेलले १ दिनका लागि कालिकोट जिल्लाकी मोनिका बुढालाई आफ्नो पदभार हस्तान्तरण गर्नु भयो । पदभार ग्रहणगर्दै बुढाले मन्त्रालयका बारेमा जानकारी लिनु भएको थियो । उहांले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा शाखा अधिकृत बलवीर सुनारबाट महाशाखाका कामबारे जानकारी लिनुभएको थियो । सामाजिक विकास मन्त्री बनेकी बुढाले मन्त्रालयमा भईरहेका काम कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न महाशाखालाई निर्देश दिनुभयो ।  


बुढाले कालिकोट जिल्लामा चालु आर्थिक बर्षको अहिले सम्मपनि कक्षा ११ को पढाई शुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी महाशाखा प्रमुखहरूविच छलफल गर्नुभयो छ । शिक्षा शाखा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेसहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्री ज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गर्नुभयो । साथै बुढाले “विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह न्युनिकरण, उच्च व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने वातावरण सिर्जना गर्न महाशाखालाई निर्देश गर्नुभएको छ । 


कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने र विभेद गरिने एकदमै पिडादायी अवस्थाबाट मुक्ति पाउन के गर्न सकिन्छ र यसमा मन्त्रालयले के काम गर्न सक्छ भन्ने बारेमा छलफल गरिएको छ । किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यले अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कार्यक्रम संचालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुली भन्नुहुन्छ, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि कार्यक्रम एक उत्कृष्ट अवसर भएको बताउनु भयो । 


कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदारहणिय बनि रहन समेत आग्रह गर्नूभएको थियो । कार्यक्रमको समापनगर्दै सामाजिक विकास मन्त्रालय माननीय मन्त्री खडग बहादुर पोखरेलले मोनिका जस्तै लाखौं प्रतिभालाई जन्म दिनुहोस् भन्ने शुभेक्षा व्यक्त गर्नुुभयो । साथै जिवनमा आफ्नो निर्धारित लक्ष्यमा पुग्न मुलबाटो नछोडी निरन्तर लागिरहन अनुरोधगर्दै मोनिकालाई भविष्यमा कर्णालि प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा देख्न पाईयोस् भन्ने आशा व्यक्तगर्दै कार्यक्रमको समापन गर्नुभयो गर्नुभएको थियो । 


११ अक्टोबर ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको विकज आईएम ए गर्ल अभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी रहेको थियो । 

सम्बन्धित समाचार

Facebook Comments