• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
कसैले आणविक भट्टी खोल्दा संरक्षणका नाममा कर्णालीका जनताले बत्ती बाल्न किन नपाउने :  मुख्यमन्त्री शर्मा

बर्दिया, २१ फागुन । विश्वमा थुप्रै आणविक भट्टी खुलिरहँदा बातावरण संरक्षणका नाममा कर्णालीका जनताले किन बत्ती बाल्न नपाउनेभन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रश्न गरेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९, खैरेनी स्थित सतखलुवा ताल क्षेत्रमा आईतवार चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस ०८० को समुद्घाटन शत्रमा सम्बोधनगर्दै मुख्यमन्त्री शर्माले कर्णालीमा १३२ केभी लाईन लैजान भोग्नु परेको समस्या स्मरणगर्दै त्यस्तो बताएका हुन् ।

रुख मान्छेको लागि भएको तर रुखको लागि मान्छे नभएको भन्दै उनले रुख पहिलो मान्छेको प्राथमिकता भएको त्यसपति दोस्रोमा मात्र रुखको लागि मान्छे भएको बताए । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजना लगायत संरक्षणका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुको समन्वय सहकार्यमा मनाईएको दिवसमा उनले कर्णालीमा विद्युत पुर्याउन कानून परिवर्तन गरेको बताउँदै अझपनि प्रभावकारी रुपमा बत्ती पुर्याउन कठिनाई परेको प्रष्ट्याए । 

समुदाय र पृथ्वीको अन्तरसंयोग, वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग भन्ने मूल नारासहित मनाईएको अभियान दिवसमा शर्माले चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले बातावरण संरक्षण, चोरी शिकारी नियन्त्रण लगायत सामाजिक चेतना अभिबृद्धि गर्न खेलेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले निकुञ्जले उठाएको करबाट समुदायमा ८० प्रतिशत रकम वितरण गर्नुपर्ने माग गरे । अभियान स्थापना भएको प्रत्येक मार्च ३ तारेखका दिन दिवसका रुपमा मनाईदै आएको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी, नृत्य, गित, मौलिक कला, संस्कृति झल्किेन भेषभुसा प्रस्तुत गरिएको थियो । 

 

सम्बन्धित समाचार

Facebook Comments