• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
नेकपा एमाले जिल्ला कमिटि बर्दियाको अधिवेशन आगामी बैशाखमा  

बर्दिया, १७ फागुन । नेकपा एमालेको जिल्ला अधिवेशन आगामी बैशाख १४ गते देखि सुरु हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटि बर्दियाको नवौँ बैठकले पार्टीको जिल्ला अधिवेशन बैशाख १४, १५ र १६ गते हुने निर्णय गरेको हो । 

नेकपा एमालेको बैठकले बैशाख ३ गते जिल्ला भरी प्रतिनीधि छनौट गर्ने भएको छ । तत्पश्चात बैशाख १४ गते देखि अधिवेशन सुरु हुने नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय गरीएको छ । पार्टीले हरेक पालिका देखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । उनले अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गरे । 

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले सबै जना दशौ जिल्ला अधिवेशनको तयारीमा लाग्नु पर्ने बताईन् । अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि सबैले आआफ्नो जिम्मेवारी पुरा गर्न निर्देशनदिदै उनले अधिवेशनलाई सकेसम्म पारदर्शि तरिकाले निश्पक्ष रुपमा सहमतिको आधारमा निर्विरोध रुपमा नेतृत्व छनौट गर्नुपर्नेमा जोड दिईन् । यदी कार्यकर्ताको माझमा जाँउ भन्ने भयो भने हातेमालो गरेर स्वच्छ प्रतिस्पर्धामा अधिवेशन सम्पन्न गर्ने बताईन् ।

बैठकलाई सम्बोधनगर्दै प्रमुख अतिथी गिरीले यथास्थीतीबादी, प्रतिक्रियाबादी र मुलुकको स्थिरता नचाहाने तत्वलाई नेकपा एमाले घाँडो भएको बताईन् । उनले थपिन्–  एमालेलाई जसरीपनि तलपार्ने, साईजमा राख्नु पर्छ भन्ने हिसाबले उनीहरु लागेका छन् ।’ कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रिय सदस्य लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खड्क बहादुर खड्का सहभागी थिए । त्यसैगरी नेकपा एमाले निर्वाचन आयोगका सदस्य विमला वि.क., प्रदेश कमिटि सहसचिव लिला राना लगाएत प्रदेश सदस्यहरुको उपस्थीती रहेको थियो ।  
  

सम्बन्धित समाचार

Facebook Comments