• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
नेपाल 'ए' टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

काठमाडौं, ६ फागुन । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि शुरु हुने छ ।

मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने तालिका क्यानले अघि नै सार्बजनिक गरेको छ । क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । त्यस्तै यस अघि नेपालसँग तीन खेलको सिरिज खेलेपछि लिग-२ को अभ्यासका लागि अहिलेसम्म नेपालमै रहेको छ र नेपाल ए सँग सिरिज खेल्न लागेको हो ।
 

सम्बन्धित समाचार

Facebook Comments