• १८ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
पीएम कपमा एपीएफको लगातार दोस्रो जित

काठमाडौँ, १ माघ । एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुदै १३५ रन बनाएको थियो । कोशीका लागि फिर्दोश अन्सारीले सर्बाधिक ५५ रन बनाएका थिए ।

त्यस्तै एपीएफका बलर अविनाश बोहोरा र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने अमर राउटेलाले २ तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट लिएका थिए । यो एपीएफको लगातार दोस्रो जित हो भने कोशी प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।अब कोशी प्रदेशले अर्को खेल मंगलबार नेपाल पुलिसको सामना गर्ने छ भने एपीएफलेविहिबार मधेश प्रदेशको सामना गर्ने छ ।
  

सम्बन्धित समाचार

Facebook Comments