• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
सडक संजालसँग बस्ती नजोडिदा सीमावर्ती नेपाली पिडामा 

विष्णु अधिकारी, गुलरिया (बर्दिया) २१ पुष । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ सुरजपुर स्थित नेपाल भारत सीमा नजिकै गाउँमा नेपाल तर्फ सवारी साधनको बाटो नहुँदा स्थानीय नागरिकहरु पिडामा छन् । दशवर्षे जनयुद्धको चपेटामा परेर जाजरकोट देखि विस्थापित हुँदै बर्दियाको गुलरिया नगरपालिका स्थित सुरजपुर गाउँमा रहेको जाजरकोटी बस्तीका स्थानियहरुले नेपाली भूमिको सुरक्षा गरेर बसेको २ दशक वितिसक्दा पनि मोटर बाटो नबन्दा पिडामा छन् ।

 जय बागेश्वरी टोल विकास संस्थाका सदस्य हिम बहादुर पुनले निर्माण सामाग्रीहरु ल्याउन तथा त्यहाँ उत्पादन गरेर बस्तु बेचविखन गर्न बजार ल्याउदा भारतीय भुमिहुदै आवत जावत गर्नुपरेका कारण भारतीय सुरक्षाकर्मीहरु तथा नेपालकै सुरक्षाकर्मीबाट र्दुरव्यवहार खेप्नु परेको दुखेसो पोखे । सिमामा बसेका नागरिकहरुलाई नेपाली सुरक्षाकर्मीहरुले तिमीहरु तस्कर गर्न बसेको बस्ती हो भनेर अपमानित भाषा प्रयोग गर्ने गरेको पुनको गुनासो छ । उनले स्थानीयहरु विरामी तथा महिला सुत्केरी गराउन अस्पताल लैजानका लागि एम्बुलेन्स आउने बाटो पनि नभएका कारण राज्यबाट आफुहरुलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको बताए । पुनले आफुले उत्पादन गरेको केरा बजार सम्म लैजान दशगजामा रहेको सडक प्रयोग गर्दा ८ हजार जरिवाना भारतीय सुरक्षाकर्मीलाई बुझाई केरा बोकेको पिकअप गाडी छुटाउनु परेको पिडा सुनाए । 

गुलरिया नगरपालिका वडा नं. ८ की विपना मगरले गाउँमा विपत पर्दा दमकल तथा एम्बुलेन्स आउन सक्ने नेपाल तर्फको बाटोका लागि स्थानीय सरकारसँग माग गरेको बताईन् । गुलरिया मुर्तिहा सडक संजालसँग गाउँको बाटो करिब ५० मिटर मात्र जोडीएको छैन । उनले सरोकारवाला निकायसँग सडक बनाईदिन आग्रह गरेकि छिन् । मगरले हामीहरु नेपाल आमाको रक्षा गरेर बसिरहेको नेपालीले भारत तर्फबाट त अपहेलना झेलिनै रहेका छौं राज्यबाट नागरिकलाई बाटो पनि नदिने हो भने पूर्व पश्चिम सिमामा बस्ने नागरिकलाई अनागरिक घोषणा गरियोस् भनि आक्रोश पोखिन ।  सिमा क्षेत्रमा बस्ने नागरिकहरुले आफ्नो नाममा लालपुर्जा भएको जग्गामा अन्न बाली जंगली जनावरले क्षति गर्ने भएका कारण तारबार लगाउदा भारतिय सिमा प्रहरीले रोकेका कारण आफुहरुले पिडा पोख्ने ठाउँ नपाएको स्थानीयहरुले गुनासो गरे । समयमा नै आफ्नो पिडालाई सम्बन्धित निकायले बुझि पहल गरिदन उनीहरुको आग्रह छ ।

 

सम्बन्धित समाचार

Facebook Comments