• १२ वैशाख २०८३, शनिवार
  • १८ °C काठमाडौं
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सर्लाही,२० पुस । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एकजना युवाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।

सम्बन्धित समाचार

Facebook Comments